दशैँका लागि सुर्खेत आइपुगे भेडा–च्याङ्ग्रा, स्वस्थ्य मासु मात्रै उपभोग गर्न आग्रह


दशैँ लक्षित कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा सुर्खेत आइपुगेका छन् । बडादशैँ, तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गरेर भेडा–च्याङ्ग्रा कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगर ल्याएएका हुन् । वीरेन्द्रनगरमा कालीकोट, जुम्ला, मुगु, बाजुरा, अछाम, दैलेख, जाजरकोट र सल्यान लगायतका जिल्लाबाट मासुका लागि भेडा–च्याङ्ग्रा, खसी आयात हुने गर्दछन् । यस पटक साविक कर्णालीका कालिकोट, जुम्ला, मुगु जिल्लाका भेडापालक किसान र मासु व्यवसायीले भेडा–च्याङ्ग्रा वीरेन्द्रनगर ल्याएका हुन् । पछिल्ला समय कर्णालीका माथिल्ला जिल्लाहरुमा पालिने भेडा–च्याङ्ग्राको माग बढ्न थालेपछि भेडापालक किसान तथा मासु व्यवसायीले हप्तौं लगाएर सुर्खेत, नेपालगञ्ज, बुटवल लगायतका सहरमा पु¥याउन थालेका छन् ।

दैलेखको महाबु गाउँपालिका–६, का भेडा–खसी व्यापारी राजबहादुर शाहीले जुम्लाका विभिन्न पालिकाबाट भेडा खरिद गरी प्रदेश राजधानी वीरेन्द्रनगर पु¥याएका छन् । शाहीले जुम्लाबाट एक ८० भेडा खरिद गरेर वीरेन्द्रनगर झरेको बताए । ‘जुम्लाबाट सुर्खेत हिँड्दा एक सय ८० भेडा थिए । बोटोमा बेच्दै हिँड्दा सुर्खेत पुग्दा केहीँ बिक्री भइसके । केही यहाँ आएर बेच्यौं,’ उनले भने ।

दुई दिन अघिमात्रै भेडा सुर्खेत झारेका शाहीले जुम्लाबाट वीरेन्द्रनगर आइपुग्न १५ दिन लागेको बताए । ‘हामीलाई बाटोमा १५ दिन लाग्यो । एक सय ८० भेडाबाट बेचर अब ५० वटा बाँकी छन् ।’ शाहीले भने, ‘कसैले किलोका हिसाबले त कसैले यसै हेरेर अनुमानका भरमा मूल्य निर्धारण गरेर किन्ने गरेका छन् । ज्युँदोलाई किलोमा सात रुपैयाँ पर्छ ।’

१५ हजारदेखि ४० हजारसम्म मुल्य बराबरका भेडा अधिकतम् तौल १५ देखि ४० केजिसम्मका आफुसँग रहेको शाहीले बताए । हिमाली तथा पहाडी क्षेत्रका जडिबुटी पाइने पाटनमा चर्ने भएकाले भेडाको मासु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिने र बजारमा माग पनि बढ्दो रहेको भेडा पालक व्यवसायी बताउँछन् । यस्तै, वीरेन्द्रनगर–४, मा रहेको मास्की मासु पसलले भेडाको मासु बेच्दै आएको छ । पसलका सञ्चालक यामबहादुर मास्की मगरले गत वर्ष झण्डै तीस लाख बराबर मूल्यका एक सय ३० भेडा भित्र्याएर बिक्री गरेको बताए । मास्कीले चाडपर्व विशेष गरी दशैँ तिहारमा भेडाको मासुको माग अत्यधिक हुन थालेपछि विगत केही वर्ष यता ठूलो परिणाममा भेडा आयात गरी जउँदो तथा काटेर मासु बिक्री गरिरहेका छन् ।

यसवर्ष पनि यामबहादुरले कालीकोटको रास्कोट, शान्नी त्रिवेणी लगायतका पालिकाबाट एक सय २० भेडा खरिद गरेर ल्याएको छन् । ‘गत वर्ष पनि एक सय ३० भेडा ल्याएको थिए । यस वर्ष पनि एक सय २० वटा खरिद गरेको छु । केही बेचेर, केही भेडा काटेर मासु बिक्री भइरहेको छ । अब ७२ वटा मात्रै बाँकी छन्,’ उनले भने । उनका अनुसार जिउँदो भेडाको ६ सयदेखि हेरेर सात सय र काटेको मासुको प्रति किलोग्राम एक हजार मूल्य रहेको छ । अन्य समय खसीको मासुमा निर्भर रहँदै आएको प्रदेश राजधानी सुर्खेतमा चाडपर्वका समयमा भेडाको माग बढी हुने गरेको मासु व्यवसायी संघ सुर्खेतका अध्यक्ष टोपेन्द्रजंग शाही बताउँछन् । चाड पर्वका समयमा घर–घरमा काटिने हुँदा यो बेला कति मासु उपभोग हुन्छ भन्ने यकिन तथ्यांक नभएपनि झण्डै १२ देखि १३ क्वीन्टल मासु दैनिक खपत हुने अनुमान शाहीको छ । अन्य समयमा वीरेन्द्रनगरमा दैनिक ६ क्वीन्टलसम्म मासु खपत हुने गरेको शाहीले बताए ।

पछिल्लो समय कर्णाली मासुमा आत्मनिर्भर बन्दै गएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा कर्णालीबाट भण्डै चार अर्ब सात करोड १८ लाख ६६ हजार रुपैयाँ बराबरका पशुपन्छी निर्यात भएका छन् । यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा एक अर्ब २३ करोड ७६ लाख ५९ हजार रुपैयाँ बराबरका खसी, बोका, भेडा र च्याङ्ग्रा निर्यात भएका छन् । एक अर्ब ८४ करोड ९० लाख ७० हजार बराबरका पशुपन्छी तथा पशुपन्छीजन्य पदार्थ कर्णालीबाट निर्यात भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले जानकारी दिए । कर्णालीबाट निर्यात हुने पशुपन्छी नेपागञ्ज, बुटवल, चितवन, काठमाडौं, पोखरा, वीरगञ्ज, टीकापुर, धनगढी र रुकुम पूर्व लगायतका जिल्लामा पुग्ने गरेको छन् ।

खरिदपूर्व यी कुरामा पु¥याउनुहोस् ध्यान

दैसैँ, तिहार र छठपर्व लगायतका चाडपर्वमा मासुका लागि खरिद गरिने पशुपन्क्षी स्वस्थ रहे नरहेको निक्र्यौल गर्नुपर्ने बताउँछन् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपन्छी विकास निर्देशनालय सुर्खेतका प्रमुख कृष्णप्रसाद पंगेनी । चाडपर्वमा मासुका लागि प्रयोग गरिने पशुपन्छीमा रोग लागेका तथा संक्रामक रोग फैलिएका क्षेत्रबाट आएका पशुवस्तुहरुको प्रयोग गर्नु मानव स्वास्थ्यका दृष्टिकोण हानिकार हुने उनले बताए ।

बाहिर जिल्लाबाट आउने भेडा, च्याङ्ग्रा, खसी, बोका तथा कुखुराको अनिवार्य स्वास्थ्य जाँच गर्नुपर्ने उल्लेख गर्दै पंगालीले भेटेरेनरी डाक्टरले प्रमाणित नगरेका चौपाय खरिद नर्गन आग्रह गरे । सिकान आएको, खोक्ने, ज्वरो आएका तथा घाउँ चोट लागेका पुश चौपाय खानका लागि उपयुक्त नहुने पनि उनले बताए । दसैँका लागि वीरेन्द्रनगर आएका भेडा–च्याङ्ग्रा लगातका चौपायहरु अनिवार्य सम्बन्धित जिल्लाबाट स्वास्थ्य परीक्षण गरी आएकाले मासुका लागि प्रयोग गर्न उपयूक्त रहेको प्रमुख पंगेलीले बताए । काटेर राखको मासु खरिद गर्दा आवश्यक स्वास्थ्यका मापदण्ड पुरा भए नभएको निक्र्यौल गरेर मात्रै खरिद गर्नुपर्ने पंगेनीले बताए । चाडपर्वका समयमा हुनसक्ने कालोबजारीमा उपभोक्ता सेचेत रहनुपर्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया