९५ जना कैदीवन्दीलाई क्षयरोग र एचआईभि परीक्षण


जुम्लामा कारागारका कैदी र बन्दीलाई क्षयरोग र एचआईभि परिक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजनामा जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले परिक्षण गरेको हो ।

६९ औँ प्रहरी दिवसको पूर्वसन्ध्याहमा कारगारका कैदीमा समेत समस्या छ । भने सोही अनुसार उपचार गर्ने उद्देश्यले परिक्षण गरिएको हो । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका अनुसार कारगारमा रहेका ९५ जनालाई क्षयरोग र एचआईभि परिक्षण गरिएको छ । जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाका अनुसार गरिएको परीक्षणमा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीन्द आचार्यले कारागारका कैदीवन्दीलाई पनि यसरी स्वास्थ्य शिविर गरेकोमा जिल्ला प्रहरी कार्यालयलाई धन्यवाद ज्ञापन गरे । जिल्ला प्रहरी कार्यालयले निरन्तर गरिरहेको कामका लागि धन्यवाद ज्ञापन दिए ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जुम्ला कारागारको प्रशासनिक संरचना अन्य जिल्ला भन्दा राम्रो भएको बताए । यो कार्यक्रमले स्वास्थ्य सेवामा पहुँच पुग्ने र केही समस्या भएमा सोही अनुसार उपचारमा सहयोग पुर्याउनेछ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव क्षेदिलाल कामतिले कारागारमा रोगका कारण केही समस्या देखिएमा सोही अनुसार औषधी उपचार गर्नका लागि सहयोग गरिने बताए ।

जुम्ला कारागारमा यस अघि एक जनाको विरामी भई मृत्यू भएको थियो । प्रहरीले पछिल्लो समयमा कैदीवन्दीलाई स्वास्थ्य परिक्षण गरिरहेको छ । जिल्ला कारागार कार्यालय जुम्लाका अनुसार कारकारमा अहिले १ सय २२ जना कैदीवन्दी रहेका छन् । कार्यालय प्रमुख गयाप्रसाद पाण्डेका अनुसार ७ जना महिला र १५ जना पुरुष रहेका छन् ।

तपाईको प्रतिक्रिया