पाँच हजार ८ सय ६२ मेट्रिक टन स्याउ निर्यात


जुम्लाको सिंजा गाउँपालिका –५ गोरा गाउँका स्याउ किसान रामसिंह रावलले यस वर्ष ८ लाख रुपैया स्याउबाट आम्दानी गरे । उनको यस बर्ष स्याउ उत्पादन र बजारीकरण राम्रो भयो।रावलले अहिलेसम्म झण्डै ७० सय कार्टुन स्याउ बिक्री गरेको बताए ।

अझै साढे ३ सय काटुन बिक्री हुन बाँकी छ । उनी जस्तै दर्जनौं स्याउ किसानले लाखौ रुपैया पटक आम्दानी गरिरहेका छन् । यता कृषि कार्यालयमा ७ सय ९१ जना व्यापारीले स्याउ ढुवानी गर्न नाम दर्ता गरेका थिए । जुम्लाको चन्दननाथ नगरपालिका – ३ का स्याउ किसान रतन भण्डारीले पनि यो बर्ष पनि राम्रै आम्दानी गरे।उनले भने, ‘खडेरीले गर्दा थोरै नोक्सानभयो ।’ आफुले ४३ क्विन्टल झण्डै ३ लाखको स्याउ आम्दानी भएको बताए । जुम्लामा स्याउबाटै करिब १० लाख सम्म आम्दानी गर्ने किसान पनि रहेका कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार आर्थिक बर्ष २०८१/०८२ मा पाँच हजार आठ सय ६२ टन स्याउ निर्यात गरेको छ । कार्यालयले बार्षिक समिक्षा कार्यक्रम राखेर स्याउ निर्यातको प्रतिवेदन समेत सार्वजनिक गरेको हो। कार्यालयले आर्थिक बर्ष २०८०/०८१ को प्रगति र आर्थिक बर्ष २०८१/०८२ को कार्यक्रमका बिषयमा सार्वजनकिरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यालयले ढुवानीबाट ५ हजार ५ सय ५० मेट्रिक टन, हवाई जहाँजबाट २४ मेट्रिक टन, हाईस र जिपबाट २ सय ५८ मेट्रिक टन, बसबाट सिधै जुम्लाबाट –काठमाण्डौं ३० टन स्याउ निर्यात भएको बताएको छ । यो तथ्यांक अनुसार स्याउबाट मात्रै ४३ दिनमा जुम्लाले ३८ करोड १० लाख ३० हजार स्याउबाट आम्दानी भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका वागवानी अधिकृत राज्य लक्ष्मी खत्रीका अनुसार यस बर्ष १५ हजार मेट्रिक टन स्याउ उत्पादन हुने लक्ष्य छ । उनका अनुसार स्थानीय स्याउ पाँच हजार आठ सय ६२ मेट्रिक टन २०८१ साउन २९ देखी २०८१ असोज ८ गते सम्मको हो । केही स्याउ किसाने घरमै खाने तथा विभिन्न परिकारहरु तयार गर्ने गरेका छन् । अग्लो स्थानको स्याउ, फुजी स्याउ र गोल्डेन निर्यात भईरहेको छ । अझ फुजी स्याउ तिन सय टन उत्पादन हुने अनुमान छ ।

फष्टाउदै साना व्यापारीः
यस्तै जुम्लाको गुठिचौर गाउँपालिका – ४ गोविन्द प्रसाद पाण्डे र मित्रप्रसाद अधिकारीले संयुक्त ११ गाडि स्याउ विक्री गरेका छन् । ७ गाडि कैलाली टिकापुरमा र ४ गाडि सुर्खेतमा विक्री गरेका हौ । एक गाडि स्याउको करिब ८ देखी १० लाखमा बिक्री गरेका छौँ । जुम्लाबाट ५० देखी ६५ रुपैयामा खरिद गरेको स्याउ ८० देखी १ सय १० रुपैयामा विक्री व्यापार गरेको पाण्डेले बताए।उनका अनुसार झण्डै एक करोड बढिको कारोवार गरिएको छ ।

यो पटक मात्रै उनले करि ३५ लाख बढि स्याउ बेचेको सुनाए।यस बर्ष गुठिचौर –४ कै किसान मदनराज न्यौपानेको समेत ६ गाडि स्याउ बिक्री गरे।पाण्डेले ४ गाडि सुर्खेत र २ गाडि धगढिमा लिएर बिक्री गरेका थिए। ५ देखी ७ लाख आम्दानी गरेको बताए ।

घरघरमा आम्दानीः
स्याउ सिजनमा सानो तिनो आम्दानी नभएको जुम्लामा घर करिब कमै छ । स्याउ रोपेका हरेक घरले यसवेला १० हजार देखी १० लाख सम्मको आम्दानी गर्ने गरेका छन् । कृषि विकास कार्यालय जुम्लाका अनुसार जनगणना २०७८ अनुसार १ लाख १९ हजार ३ सय ७७ जुम्लाको जनसंख्या छ ।

३८ हजार ४ सय ८६ हेक्टर खेतियोग्य जमिनमा दुई हजार ६ सय ६७ हेक्टर स्याउ खेती छ । कृषिले २०६४ सालमा एक घर एक बगैँचाको अवधारणा ल्याएपछि जग्गा हुने धेरैजसोकोका घरमा स्याउबाट आम्दानी हुने गरेको छ । यस्तै कृषि विकास कार्यालय जुम्लाले आर्थिक बर्ष २०८०÷०८१ मा कृषक पोत्साहन कार्यक्रम १६ वटा, ११ मध्य ६ वटा सम्झौता भई काम सकेको छ । व्यवसायिक फलफुल प्रर्वधन कार्यक्रम १८ वटा छन् । कार्यालय प्रमुख वालाकराम देवकोटाले प्रस्तुत गरेकोे प्रस्तुतिकरणमा सिचाईमा २६ वटा ४ हजार ८ सय मिटर आरसिसि क्यानल निर्माण, २२ वटा आरसिसि ट्यांकी निर्माण, १ सय १५ वटा हिउँदे वगैचा काटछाट अभियान, ६ जना प्रांगारिक सिचाई गर्ने किसानलाई साना सिँचाई,६ वटा समुहलाई सामग्री वितरण, तातोपानी गाउँपालिका– ५ मा स्याउवालीमा कृषक पाठशाला स्थापना गरिएको छ ।

पातारासी– ३ छुमचौरमा मार्सीधानको ब्लग स्थापना गरिएको छ । कार्यालय प्रमुख देवकोटाका अनुसार उच्च घनत्वका स्याउका विरुवा खरिद गर्न भने टेण्डर परेन । ५० प्रतिशत अनुदानमा २० लाख बजेटको उच्च घनत्व जातका स्याउका विरुवा आयत गर्ने कार्यक्रममा २ पटक सुचना प्रकाशन गर्दा पनि टेण्डर नपरेपछि काम हुन सकेको छैन् । स्याउ कृषक रामसिंह रावलले कृषिमा अनुसन्धान शुन्य भएकाले यसमा जोड दिनुपर्ने बताए । योजना छनौटमा ध्यान दिनुपर्नेमा जोड दिए । स्याउ किसान गोपाल रोकायाले किसानलाई आएका कार्यक्रमहरु फ्रिज नजाने गरि काम गर्न सुझाव दिए । स्थानीय तहले पनि कृषि क्षेत्रमा बजेट प्रथामिकता दिनुपर्ने किसान बताउँछन् ।

तपाईको प्रतिक्रिया