कर्णाली प्रदेश अस्पताल सुर्खेत अत्याधुनिक स्वास्थ्य उपकरणसँगै गुणस्तरिय सेवा प्रवाहमा अब्बल बनेको अस्पताल स्वयम् आफैले दावी गर्छ । संघीयतापछि प्रदेशको मातहतमा आएको अस्पतालमा कर्णाली प्रदेश सरकारले ठुलो लगानी खन्याएको छ । कर्णालीको एकमात्र विष्टिकृत ठुलो अस्पताल पनि हो प्रदेश अस्पताल । विस्तारै यस अस्पतालमा अत्याधुनिक उपकरणसँगै सर्ने तथा नसर्ने घातक रोगहरुको उपचार सेवा विस्तार भइरहेको छ । अस्पतालको भौतिक संरचनामा पनि उत्तिकै सुधार आएको छ । संघीयतापछि कर्णाली प्रदेश सरकारले देखिने गरी ठुलो पूर्वाधारमा लगानी गरेको छ भने त्यो यहिँ प्रदेश अस्पताल हो ।
संघीय सरकारले पनि यस अस्पतालका सेवालाई विष्टिकृत बनाउँन ठुलो लगानी गर्दै आएको छ । तर संघ र प्रदेश सरकारको प्राथमिकतामा रहेको प्रदेश अस्पतालले अझै पनि कर्णालीका नागरिकको विश्वास जित्ने गरी काम गर्न सकेको छैन । यसलाई अर्को अर्थमा भन्नुपर्दा अस्पतालले प्रवाह गरिरहेका सेवाप्रति अझै पनि नागरिक सन्तुष्ट छैनन् । अस्पतालमा आउने बिरामी तथा आफन्तहरुले दिनहँु जसो कुनै न कुनै फोरममा अस्पतालको सेवाप्रति प्रश्न उठाइरहेको भेटिन्छ । अस्पतालले प्रवाह गर्ने सेवाहरु विशुद्ध प्राविधिक पक्षसँग जोडिएका हुन्छन् । अस्पतालतले अपनाउने उपचार विधि नागरिकलाई थाहा हुँदैन । तर स्वास्थ्य जस्तो संवेदनशिल विषयमा अस्पतालले दिइरहेको उपचार सेवाप्रति नागरिक किन विश्वस्त हुन सकेका छैनन् भन्ने मुलभुत प्रश्न अहिल अस्पतालमाथी तेर्सिएको छ ।
प्रसुति सेवा लिन कर्णाली प्रदेश अस्पताल सुर्खेत पुगेकि १९ बर्षिया सर्मिला सुनारको यही असोज ६ गते राती अस्पतालमै मृत्यु भयो । वीरेन्द्रनगर नगरपालिका–६ निवासी मृतक सर्मिलालाई सुत्केरी व्यथाले च्यापेपछि आइतबार दिउँसो नै अस्पताल पु¥याइएको थियो । अस्पतालमा प्रसुति सेवा लिनेक्रममै सर्मिलाको मृत्युभएपछि डाक्टरले लापरवाही गरेको भन्दै सोमबारदेखि उनका आफन्त आन्दोलित छन् । तर सर्मिलाको मृत्यु भएको चार दिन (बुधबार) सम्म पनि अस्पतालले मृत्युको कारणबारे आधिकारिक जानकारी दिएको छैन । एकातिर पीडित परिवारले शब नबुझेर आन्दोलन जारी राख्नुपर्ने परिस्थिती बन्यो । भने अर्कोतिर अस्पताल पीडितको गतिविधि हेरेर बसि रह्यो । जसले गर्दा अस्पतालमाथी यसअघि पनि लाग्दै आएका आरोप सहि हुन् कि ? भन्ने आम जनमानसमा धारणा बलियो बन्दै गएको छ ।
‘मान्छे मार्न पाइदैन, प्रदेश अस्पताल चाहिदैन’ भन्दै पीडित पक्षले वीरेन्द्रनगर बजार क्षेत्रमा नाराबाजी गर्दै जिल्ला प्रशासनसम्म पुग्नुलाई कुनै पनि हालतमा सुखद् मान्न सकिँदैन । सामान्य अवस्थामा सुत्केरी हुन गएकी सर्मिलाको मुत्युको कारण अस्पतालको लापरवाही नै भएको आफन्तको आरोप छ । प्रदेश अस्पतालमै कार्यरत एक महिला डाक्टरले वीरेन्द्रनगरको एक निजी अस्पतालमा गर्भवतीको शल्यक्रिया गराउँदा बच्चाको आँखा, कान, नाक र टाउको काटिनसक्छ उहाँहरुलाई राम्रोसँग हस्ताक्षर गराउँ भन्दै विरामीका आफ्न्तलाई हत्तोसाइत बनाएको घटनाबाट पनि प्रदेश अस्पतालका डाक्टरको क्षमताप्रति आशंका बढाएको छ । प्रदेश अस्पतालमा कार्यरत डाक्टरहरुले नै विरामीलाई निजी अस्पतालमा सेवा राम्रो भएको र उतै जान उस्काउने गरेका समेत धेरै विवरण भेटिन्छन् । जसले गर्दा पनि प्रदेश अस्पतालमा हुने मृत्यु घटनामा डाक्टरकै लापरवाही हो भन्ने आम जनमानसमा धारणा बसेको छ । यसतर्फ प्रदेश अस्पताल एक रत्ति पनि ध्यान पु¥याउन तयार देखिँदैन । अर्को कुरा अस्पतालले सुत्केरीको अवस्थामा बिरलै आउने समस्याका कारण मृत्यु हुने दावी गर्दै आएको छ । तर के कारण बारम्बार यस्तो आउँछ भन्ने विषय न अस्पताल भन्छ न त उपचारमा संलग्न डाक्टरहरुले नै भन्छन् । बारम्बार एउटै समस्याका कारण हुने मृत्यु उपकरण अभाव हो या दक्ष जनशक्तिको अभाव त्यो अस्पतालले स्पष्ट पार्नु पर्दछ । सुत्केरी अवस्थामा हुनसक्ने जोखिम कम गर्न मान्छेहरु अस्पताल जाने हुन् । यसरी एकपछि अर्को घटना दोहोरिँदै जाने । आफन्तले लापरवाहीको आरोप लगाई रहेन परिस्थिती सिर्जना भइरहने हो भने अस्पतालको विश्वनियता गुम्दै जाने हुनसक्छ । यसप्रति नियामक निकाय प्रदेश सरकारले समग्र प्रदेश अस्पतालको सेवा प्रवाहको विश्वनियता जाँच गर्ने बेला भएको छ । यसतर्फ प्रदेश सरकारको ध्यान जाओस् ।
युग संवाददाता । सुर्खेत । ११ आश्विन २०८१, शुक्रबार १२:१०