ऋषिराम पाण्डेले ५ वर्षको उमेरमा जुम्लामा तत्कालिन हाँकु गा.वि.स. ४ अन्तरगत रहेको श्री छाटा प्रा.वि. गिरी खोलामा अध्यायन शुरु गरेर त्यही विद्यालयबाट उनले पाँच कक्षा उत्तिर्ण गरेका थिए । निम्न माध्यमिक, माध्यमिक शिक्षा २०५३ सालमा कर्णाली प्राविधिक शिक्षालय जुम्ला बाली विज्ञान शिक्षामा जे.टि.ए. उत्तिर्ण गरे । त्यसपछी राप्ती प्राविधिक शिक्षालय दाङ लालमटियाबाट पशु विज्ञान डिप्लोमा उत्तिर्ण गरेका थिए ।
हाकु गाउँ पञ्चायत ४ गिरी खोलामा हालको तातापानी गा.पा.–४ जुम्लामा वुबा विष्णु प्रसाद पाण्डे, आमा विष्णु माया पाण्डेका तीनभाई एक दिदी मध्येका माइलो छोराको रुपमा वि.स. २०३० साल असाढ १ गते मंगलवार ऋषिराम जन्मेका हुन । डिप्लोमापछी स्वावलम्वन लघुवित्त विकास बैंक शाखा प्रवन्धक रुपमा काठमाण्डौबाट दाङ, सप्तरी, भक्तपुर, बनेपा, धादिङ, सुर्खेतमा २०५३ बाट २०७१ जागिर गर्दै हिमालयन एग्रिकल्चर विज्ञान अध्ययन गर्दै पढाई सफलता गर्न सकेनन । त्यहि पदबाट राजीनामा दिएर २०७१ साल चैत्रबाट शिखर इन्स्योरेन्स कम्पनीको स्याउ वीमा कार्यक्रममा कर्णाली संयोजक भएर शुरु गरेका हुन । शुरुमा यो कार्यक्रम तत्कालिन जुम्ला, हुम्ला, कालिकोट, मुगु, डोल्पामा लागु गरिएको थियो ।
२०७२ सालबाट चन्दननाथ बहुउद्देश्य सहकारी संस्थाको सञ्चालक समितिको सदस्य सचिव रुपक कर्णाली प्रदेशका सात जिल्ला जुम्ला, मुगु, डोल्पा, हुम्ला, कालीकोट, जाजरकोट, सुर्खेत र काठमाडौंसमेत २०७४ सम्म रहेका थिए । त्यहि पदमा रहँदा बंगला देशका ग्रामीण विकास बैंक संस्थापक ई.स. २००६ मा नोवेल पुरस्कार विजयी डा. मोहमद युनिस हालका अन्तरिम सरकारका प्रधानमन्त्रीको निमन्त्रणामा वि.स. २०७४ सालमा वबगलादेशको अवलोकन भ्रमण गरेको थिए । त्यहि भ्रमणको प्रेरणाबाट “अगानिक कोशेली’’ पसल जुम्लाबाट शुरु गरेका हुन । त्यहि शुरु गरेको पसल आजको मितिसम्म जुम्ला चन्दननाथ मन्दिर नजिक, कालीकोटको नाग्मा बजार, सुर्खेत एरपोर्ट गेट नजिक र काठकाडौं बानेश्वर थापा गाउ“मा पसल खोली जुम्ली रैथानेवालीहरु सहज रुपमा बजारीकरण गर्न सफल भएका हुन । अहिले यो संस्थामा २६००० शेर सदस्य रहेका छन् ।
रुपन्देही जिल्ला छतिवन गा.पा. निवासी वुवा चन्द्रकान्त प्रोख्रेल आमा शुशिला पोख्रेलकी कान्छी छोरी कमर्श क्याम्पस मिनभवन काठमाडौंबाट एम.वि.वि.एस. उत्तिर्ण गरेकी रिता पोख्रोलसंग २०६४ सालमा मागी विवाह गरेका थिए । उनी पनि देशका विभिन्न संघ, संस्था र बैंकमा काम गर्दै हाल एन. आई.सी बैकमा सुर्खेत शाखामा असिस्टेनमा कार्यरत रहेकी छिन ।
पशुपालन मध्यम परिवार जन्मेका पाण्डेका बुवा राष्ट्र गुरु नरहरिनाथको सहयोगी भै दरवार हाइस्कुल काठमाडौंबाट एसएलसी उत्तिर्ण गरेका थिए । त्यसपछी तिब्रिकोट जिल्ला भूमि सुधारको मुखिया पदमा २०३३ सालसम्म जागिरमा रहेका थिए । २०३४ सालमा तिब्रिकोट जिल्ला हटाएर कालीकोट नामाकरण भै तिब्रिकोट सदरमुकाम मान्म सरेपछी टाढा जागिर गर्न जान्न भनि राजिनामा दिएर गिरी खोला आफनै गाउ“को प्रावि शिक्षक भै २०६५ सालमा वुवा विष्णु प्रसाद निवृत्त भएका छन् ।
ऋषिराम पाण्डेका एक छोरा, एक छोरी अध्ययनरत रहेका छन् । हाल जुम्लाबाट वस्ती सरेर वीरेन्द्रनगर–३ गण्डकी टोलमा ८० बर्षे वुवा–आमासंगैबसी बृद्ध बुवाआमाको सेवासंगै पनि गरी रहेका छन् । बढी समय जुम्लामा कार्यरत रहन्छन् साथै जिल्ला सहकारी संघ जुम्लाको अध्यक्ष पद पनि समाली रहेका छन् ।
जुम्ला चन्दनाथ न.पा. मा कपडा बैंक स्थापना गरी पुराना कपडा संकलन गरी गरिव असहाय व्यक्तिहरुलाई वितरण गर्ने र हरेक हप्ताको शनिवारिय हाटवजार लगाएर स्थानीय उत्पादनलाई प्रोत्सान गर्ने पनि पहल गरी रहेका छन् । विदेश भ्रमणमा पहिलो २०७६ रुसको मास्को मा १० दिन, २०७९ सालमा थाइल्याण्डको बैङकक ७ दिन र २०८१ भाद्र १८ देखी २४ गतेसम्म सहकारीबाट Asiam crcituon Rapum 2024 अवलोकन भ्रमण भर्खर गरेका छन् । यति लामो अनुभव संगालेर विभिन्न प्रकारले समाज सेवा संघ, संस्था उत्थानमा लागेका ऋषिलाई कुनै प्रकारको मान सम्मान कुनै संघ संस्था राज्यका कुनै पनि निकायले सम्मान दिएका छैनन । प्रजातन्त्र लोकतन्त्र प्राप्तपछि पनि राज्यका संचालकसंग उहि सामान्ती चिन्तन नहटेर नै त होला नजिकाले मात्र मान सम्मान प्राप्त गर्ने व्यवस्थापन भएर नै देशले सम्वृद्धी बाटो तय गर्न नसकेको पाण्डेको बुझाई छ ।
उनको अनुभवमा कर्णाली प्रदेशलाई प्राकृतिकले बहुमुल्य स्रोतसाधन दिएको छ । युगौं युगदेखी सामान्तवादले अध्यात्मवादका देवी,देवता भुतप्रेतका आत्मा मात्र पुजन गर्न सिकायो । भौतिक विकास नगर्दा सुनको सिरानी हाली नुन खोज्न हिडछ “कर्णाली” लाई आत्मनिर्भर बनाउन विश्वमा भाडामा श्रम पोख्न जाने युवा जनशक्ति अन्त्य गर्ने आध्यात्मवादसंगै भौतिक विकास गर्न आत्मनिर्भर गराउन राज्यका सबै तहलाई आब्हान गर्दै दुर सन्देश पनि दिएका छन् । सबैमा चेतना भया ।
पृथ्वीबहादुर सिंह । सुर्खेत । १ आश्विन २०८१, मंगलवार १३:१०