दैलेखको नारायण क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्यानल नै विजयी भएको छ ।
अनेरास्ववियुबाट स्ववियु सभापतिमा हिमबहादुर बस्नेत विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा बस्नेत नेपाल विद्यार्थी संघका विष्णुप्रसाद कोइरालालाई नौ मतले पछाडि पार्दै विजयी भए ।
नेविसंघ, अखिल क्रान्तिकारी र समाजवादी अनेरास्वयूबीचको गठवन्धनलाई हराउँदै अनेरास्ववियुले स्ववियुमा वर्चस्व जमाएको छ ।
यस्तै अनेरास्ववियुका फिलिप सिंहले ६५ मतान्तरसहति समाजवादी अनेरास्ववियुका टेकराज बुढालाई पराजित गरे । सिंहले एक सय ९२ मत प्राप्त गर्दा बुढाले एक सय २७ मत प्राप्त गरी पराजित भए ।
कोषाध्यक्षमा अनेरास्ववियुका शुष्मा शाहीले ३१ मतान्तरसहित अखिल क्रान्तिकारीका भुवनप्रसाद पाण्डेलाई पराजित गरिन् । शाहीले एक सय ७२ मत प्राप्त गर्दा पाण्डेले एक सय ४१ मत प्राप्त गरी पराजित भए ।
युग संवाददाता । सुर्खेत । २९ भाद्र २०८१, शनिबार १५:५६