लोपोन्मुख समुदायका रुपमा रहेको राउटेको टोली जुम्लामा पुगेको छ । कर्णाली प्रदेशको दैलेखमा बसोबास गर्दै आएका राउटे समुदायका सदरमुकाम खलंगा पुगेका छन् । राउटे समुदायका मुखिया शेरबहादुर रास्कोटी नेतृत्वको टोली मंगलबार जुम्लाको सदरमुकाम खलंगा आइपुगेको हो ।
दैलेखकोको गुराँस गाउँपालिकाको मैना खोलामा बसोवास गर्दै आएका उनिहरु गाडीको यात्रा गरेर टोली दसैं र तिहार मनाउन आर्थिक संकलन गर्दै जुम्लामा आइपुगेका हुन् । चार जनाको टोलीछ ।
प्रति व्याक्ती दुई हजार ५ सय भाडा तिरेको उनले बताए । लोपन्मुख राउटे समुदाय कर्णाली प्रदेशको दैलेख र सुर्खेत जिल्लाका जंगलमा बसोबास गर्दै आएका छन् । दैलेख,कालीकोट हुदैँ जुम्ला पुगेका हुन् । दसैं तिहार र अन्य चाडपर्व मनाउन पर्वको खर्च संकलन गर्ने गरी प्रत्येक जिल्लामा घुम्न थालेको अर्का प्रकाश कलेलले बताए ।
राउटे समुदायका मुखिया रास्कोटी सहितको टोलीलाई प्रमुख जिल्ला अधिकारी र अन्य स्थानीय तहका प्रमुखहरु र प्रमुख प्रशासकीय अधिकृतलाई भेट्ने बताउँछन् । उनिहरु प्रत्येक जिल्ला जाने, स्थानीय तह र अन्य सरकारी कार्यालयमा पुग्ने र समुदायका लागि चाडपर्व खर्च संकलन गर्ने गरेका छन् ।
सरकारले दसैँ खर्चको व्यवस्था गरिदिन आग्रह गरे । “अब दसैँ आइसक्यो, हाम्रो जनताले दसैँमा बलि पनि दिनुपर्छ, खसी पनि खानुपर्छ”, शेरबहादुरले भने, “हामीसँग पैसा हुँदैन, त्यसका लागि सरकारले पैसा दिनुप¥यो । काठका सामाग्री बनाउने र बिक्री गर्ने परम्परागत पेसा संकटमा परेपछि मागेर खानुबाहेक अर्को विकल्प नभएको प्रकाशको भनाइ छ ।
पहिले जङ्गलमा भएका रुख काटेर ठेकी, कौसी बनाएर बिक्री गर्थ्यौ र आफ्नो खर्च चलाउँथ्यौँ तर अहिले रुख काट्न पाइँदैन । त्यसैले हामीसँग पैसा हुँदैन र सहयोग उठाउन हिँड्नुपर्छ ।” ‘पढे लेखेका छैनौं, अरु काम गरी खाने अवस्था छैन, जुन सीप थियो, त्यो सीप काम नलाग्ने नै भइसक्यो,’ उनले भने । गाउँपालिका पुग्ने र रकम माग्नेबाहेक अर्को विकल्प नै नभएको उनिहरुले दुखेसो पोखेका छन्।नजिकै चाडपर्व आउन थाले । दसैंतिहार पनि नजिकै आउदै छ । समुदायमा रमाइलो गर्नुप¥यो त्यसका लागि पनि केही आशा बोकेर आएको भन्दै राउटेले वास्तविकता सुनाए। जिल्लामा आइपुग्दा बर्षाले बाटो अप्ठ्यारो भएकोले दुःख र समस्या धेरै पाएको शेरबहादुरले भने ।
गाेल्डेन बुढा । जुम्ला । १९ भाद्र २०८१, बुधबार १५:३२