सरकारले क्यान्सर रोगको निदान तथा उपचारमा सकारात्मक प्रयासको थालनी गरेको छ । संघीय सरकारले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति (सन् २०२४–२०३०) तयार पारेसँगै क्यान्सरको उपचारमा थप सहजता हुने संकेत देखा परेका छन् । सरकारको यो प्रयाससँगै क्यान्सर उपचार सेवा अब सातै प्रदेशमा विस्तार हुनेछ । सरकारले बनाएको क्यान्सर नियन्त्रण रणनीतिले क्यान्सरको उपचारका लागि संघीय राजधानी काठमाण्डौं तथा चितवनको भरतपुर लगायतका ठाउँहरुमा धानउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । हाल बागमती प्रदेश र लुम्बिनी प्रदेशमा मात्रै सरकारी स्तरका क्यान्सर अस्पतालले उपचार सम्भव छैन ।
क्यान्सर निदान हुने अस्पतालको संख्या कम हुँदा यी अस्पतालले बिरामीको चाप थेग्न सक्ने अवस्था पनि छैन । सात वटै प्रदेशमा क्यान्सर अस्पताल विस्तार भएपछि क्यान्सको समयमै पहिचान र निदानमा सहज हुने अपेक्षा गर्न सकिन्छ । राज्यले आफ्ना नागरिकको सुरक्षाका लागि संविधान प्रदत्त व्यवस्थालाई थप सुढृढ गर्दै लैजानु पर्ने हुन्छ । नेपालको संबिधान २०७२ धारा ३५(३) ले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक सुनिश्चित गरेको छ । क्यान्सर रोगको भार वर्षेनी बढ्दै गएको तर उपचार गर्ने अस्पतालहरु सिमित भई उपचारमा जनताको पहुँच पर्याप्त हुन नसकेको अवस्था छ । हाल काठमाण्डांै उपत्यका र भरतपुर चितवनमा सिमित रहेको क्यान्सर रोगको उपचार सेवालाई सातै प्रदेशमा विस्तार गर्न अत्यावश्यक छ । देशभर पर्याप्त क्यान्सर निदान गर्ने अस्पताल नहुँदा आर्थिक अवस्था कमजोर भएका नागरिक रोग नै पत्ता नलागी ज्यान गुमाउन बाध्य हुनपर्ने अवस्था छ । जसले संविधानले अनिवार्य भनेको स्वास्थ्य सम्बन्धि मौलिक अधिकार हनन् भइरहेको छ ।
मानव विकास सुचाङ्कको पुछारमा रहेको कर्णालीको स्वास्थ्य प्रणाली दक्ष जनशक्ति, पूर्वाधार अभाव लगायत बाध्यतासँग लड्दै आएको छ । राजनीतिक, आर्थिक र सामाजिक रुपमा पछाडि पारिएको क्षेत्रको स्वास्थ्य प्रणाली आफैमा कमजोर हुन्छ । यहाँका सबै नागरिकहरु गुणस्तरीय स्वास्थ्य सेवाको पहँुच बाहिर छन् । अझै पनि क्यान्सर लगायतका दिर्घ रोगको उपचार गर्न कर्णालीका नागरिकलाई अन्य प्रदेश तथा भारत जानुपर्ने बाध्यता छ । राज्यले कर्णालीलाई अझै पनि विकासको मुल प्रवाहमा राख्न नसक्दा गरिबीको ग्राफ पनि घट्न सकेको छैन ।
त्यस्तै–यस्तै समस्याको चङ्गुलमा परेको कर्णालीका लागि क्यान्सर सेवा सुर्खेतमा विस्तार हुने भएपछि विशेष गरी आर्थिकरुपमा विपन्न नागरिकका लागि बरदान सावित हुने निश्चित छ । कर्णालीमा विशिष्टिकृत स्वास्थ्य सेवा प्रवाहको जिम्मेवारी पाएको प्रदेश अस्पतालमा विस्तार हुन लागेको क्यान्सर निदान तथा उपचार सेवालाई गुणस्तरीय बनाउँदै नागरिकको विश्वास जित्ने गरी राज्यले स्रोत र साधानको व्यवस्थापनमा ध्यान पु¥याउन आवश्यक छ । प्रदेश अस्पतालमा विस्तार हुने सेवाबाट कर्णालीका १० वटै जिल्लाका नागरिकले बिना झन्झट सेवा लिने प्रणालीको विकास गरी आमनागरिकले सेवाको प्रत्याभुति गर्नेतर्फ अस्पतालले ध्यान पु¥याउनु पर्दछ ।
युग संवाददाता । सुर्खेत । १८ भाद्र २०८१, मंगलवार १२:०८