पुरानो पिलाडी गाउँ पंचायत वार्ड नं. २ जोरेबाझँ दैलेख हाल गुराँस गा.पा. वार्ड नं. ६ मा वुवा झुप बहादुर वुढा, आमा वुदिदेवी वुढाका दुई भाई, दुइ बहिनी मध्ये जेठा छोराको रुपमा २०१६ सालमा श्रावण २१ गते शुक्रवार निम्न मध्यम परिवारमा जन्मिएका थिए । अमृत बहादुर वि.सी. र ८ वर्ष हुँदा श्री ने.रा.प्रा. बगौरा पिलारी दैलेखमा अध्ययन गरेर त्यहि विद्यालयबाट पाचँ कक्षा उत्तिर्ण गरेका थिए । कक्षा–६ आदर्श नि.मा.वि. मेहेली सुर्खेत अध्ययन पछी ७ कक्षा तत्कालिन पब्लिक मा.वि. हालको जन मा.वि. वीरेन्द्रनगर सुर्खेतबाट २०३५ सालमा एसएलसी उत्तिर्ण भएका थिए । विद्यालय अध्ययन समयमा कपर्दी, डण्डीवियोदेखि विद्यालयले सञ्चालन गरेका विभिन्न खेलमा समेत सहभागी हुन्थे । स्काउटका विभिन्न क्रियाकलाप गर्नु साथै पौडी खेल्न पनि सारै मन पराएर सहभागि हुन्थे ।
प्रा.वि. स्तरको अध्ययन समयमा खेतीपाती पशुपालन गर्ने परिवारको भएकोले विदा समयमा वनमा पशुचरको लाउन लिने घासपात समेतमा सघाउँ हुन्थ्यो । विद्यालय अध्ययन समयमा गाउँ का मुखिया जिम्वाल पन्चहरुको ज्यादतीको विरोधमा विद्यार्थीलाई आन्दोलनमा ल्याउने गर्थे । २०३४ सालमा सेरी गाउँ पञ्चायत दैलेख बालभैरव ने.रा प्रा.वि. थारीमा ६ महिना अध्यापन गरेका थिए । एसएलसी उत्तिर्ण भएर २०३५ सालमा शिक्षा क्याम्पस नेपालगन्जमा अध्ययन गर्न पुगी त्यहि नै अ.ने.रा.स्व वि.यु. सदस्य बन्न गए । त्यो समयमा अध्ययन साथी पूर्व कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष पुन्य प्रसाद रेग्मी, सर्वराज खडकासमेत एउटै स्ववियु कमिटीमा रहेर काम गरेका थिए ।
आइए पास गरेपछी जिल्ला शिक्षा कार्यालय सुर्खेतबाट शिक्षकको स्थायी नियुक्ती लिएर लाली गुरास नि.मा.वि. रामघाटमा प्र.अ. भएर २०३८ बाट २०४२ सम्म अध्यापन गराएका थिए । त्यहि क्रममा वुवा बिर वहादुर वली, आमा तुलासी वलीको कान्छी छोरी हिमा वली संग प्रेम विवाह गरेका थिए । २०४२ सालमा रामघाटबाट सरुवा भएर श्री नेरा प्रा.वि. गंगामाला पिपिरा सुर्खेत अध्यापन गर्न आएका थिए । विद्यालय व्यवस्थापन अध्यक्ष मोती बुढाको समितिले प्र.अ. मा प्रमोशन गरेपछी तत्कालिन प्र.अ. भुपेन्द्र वस्नेत र पिपिराका जिमिन्दार मुकुन्दश्याम गिरीले प्र.अ. प्रमोशन विरोधमा मध्यपश्चिम क्षेत्रीय भ्रमणमा आएका श्री ५ वीरेन्द्र राजा कहा“ उजुर पु¥याउन तत्कालिन शिक्षा मन्त्री फत्ते सिं थारु र जि.शिक्षा अधिकारी हिरालाल ढकालमार्फत गरेपछी प्रमोशन गरेको कार्यान्वयन गर्न नदिएर विद्यालय अस्त व्यस्त हुन पुगेको अनुभव सुनाए ।
त्यो विवादमा बस्नु भन्दा सरुवा लिएर तत्कालिन नि.मा.वि. हाल जनसेवा मा.वि. घुस्रा सुर्खेत सरुवा भएका थिए । यो घटना हुन मुख्य कारण २०४३ सालको लाटीकोइली गाउँ पंचायतको प्रधानपन्च निर्वाचनमा मुकुन्द श्याम गिरी र वालकृष्ण मानन्धर उमेदवार हुँदा बालकृष्णको प्रजातान्त्रिक पक्षकोमा उभिएर सहयोग गर्दा दरवारिया मुकुन्दश्याम दवावमा प्र.अ. प्रमोशन रोक्का सरुवा हुन गएको थियो ।
पुनः बहुदलिए प्रजातन्त्र प्राप्तपछी संगठन गर्न खुल्ला भएपछि शिक्षक संगठनमा संगठित हुँदा संसदमा नेपाली कांगे्रसको बहुमत प्राप्तपछी सरकार बन्न गयो । त्यहि क्रममा २०५० सालमा शारदा मा.वि. छिन्चु सुर्खेत सरुवा गरियो । दुई बर्ष छिन्चु अध्यापन पछी २०५२ मा अमरज्योती मा.वि. नेवारे सुर्खेत सरुवा भएर २ बर्ष अध्यापन पछी २०५४ को स्थानीय निर्वाचन हुँदा संसदीय मोर्चा अभ्यासमा लाग्ने पार्टीको निर्देशन अनुसार शिक्षकबाट राजीनामा गरी लाटीकोहिली गा.वि.स. अध्यक्षमा एमाले पाटीको टिकटबाट उमेदवार भएर रा.प्र.पा. उमेदवार मुकुन्दश्याम गिरीलाई अत्याधिक मतबाट विजयी भएका थिए । गा.वि.स अध्यक्ष हुँदा त्यहि समयमा देउती बज्यै सामुदायिक वन दर्ता र काक्रेविहार संरक्षण सम्बद्र्धन उत्खननको अध्यक्ष दिगो विकास समिति लाटीकोइली, गाउँ शिक्षा समिति, जन सेवा मा.वि. घुस्रा विव्यस, देउती बज्यै मन्दिर, मनिकापुर चारपाते कल्ब गरी २५ भन्दाबढी संघ, संस्थाको समेत अध्यक्ष बनेका थिए ।
द्धन्द्धकालको कालोवादल मडारिए पनि आफनो गा.वि.स. अध्यक्षकालमा लाटीकोइलीका आदिवासी थारु जातिको खोसिएको मोहीयानी हकलाई कायम गरी ५० प्रतिशत हिस्सा जग्गा दिलाउन सफल भएका थिए । नेपाल सरकारले एक जना मात्र गा.वि.स. स्थरमा एक जना मात्र अपाङ्गतालाई भत्ता दिने निती ल्याएपछी उनले गा.वि.स. स्रोतबाट गा.वि.स. का सबै अपाङ्गता भएकालाई भत्ता दिने व्यवस्था गर्ने नेपालको पहिलो रेकर्ड राखेको दावि गरे । त्यहि मौकामा स्याक नेपालको सहयोग गरेपछी गाउँ शिक्षा समिति गठन गरियो । त्यसपछी मात्र नेपाल सरकारले गाउँ शिक्षा समिति गठन निति ल्याएको हो ।
लामो समय धनिमानी जमिदारका छोरा राजधानीदेखि वीरेन्द्रनगर बजारमा बोर्डिङ शिक्षा आर्जन थालेकोदेखी लाटिकोइलीमा बहुमत रहेका थारु र अन्य बस्तीमा रहेका गरिव समुदायले राम्रो शिक्षा आर्जन गर्न सकुन भनि २०६२ सालमा का“क्रेविहार सेकेण्डरी वोर्डिङ स्कुल दर्ता गरी सञ्चालन गर्दै आएका छन् ।
२०५९ सालबाट ने.क.पा. एमाले सुर्खेत जि.क. सदस्य भै विभिन्न विभागीय जिम्मेवारी समाल्दै जिल्ला पार्टी उपाध्यक्ष, अध्यक्ष हुन पुगेका थिए । २०७९ राष्ट्रिय निर्वाचनमा सुर्खेत क्षेत्र नं. २ बाट एमाले पार्टीबाट प्रतिनिधि सभा सदस्य (संसद) उम्मेदार हुँदा माओवादी–नेपाली काँग्रेसका अन्य दलले गठवन्धन हुँदा पनि थोरै मतबाट पराजय भएका थिए । सुर्खेत उपत्यकामा औलोसित औषधी छर्कि स्थायी बसोबास गर्ने उपयुक्त भएपछी वुवाले हालको वी.न.पा. मनिकापुरको जग्गा गरिद गरी वस्ती सारेको विगत सुनाए ।
थप जग्गा भने उनले जागिर गरी कमाएको पैसाले जोडेका थिए । त्यहि वीरेन्द्रनगर–१० घुस्रामा काँक्रेविहार बोर्डिङ स्कुल कक्षा–१० सम्म ञ्ंचालित छ । उनका दुई छोरा जेठा भिम सिंह वि.सी. र कान्छो छोरा रविन्द्र कुमार विसी र एक छोरी रिता विसी रहेका छन् । जेठो छोरा भिम वि.सी. को पेनक्रिया विमारबाट स्वर्गारोहण भएको छ । हाल वीरेन्द्रनगर–१० घुस्रा सुर्खेत आफनो घरमा श्रीमती कान्छो छोरा र जेठी वुहारी शारदा वि.सी. र नातिनी झरना वि.सी. को साथ रहँदै बोर्डिङ रेखदेख गर्दै आएका छन् । कर्णालीको समग्र विकास गरी ‘सुनको सिरानी हाली नुन खोज्ने कर्णाली’ लाई आत्मनिर्भर गरी जनाताको खुशी ल्याउन प्रदेश, स्थानीय सरकारका जनप्रतिनिधिलाई आवश्यक सल्लाह, सुझाव पनि दिँदै आएका छन् । प्रदेश राजधानी र सुर्खेत जिल्ला स्तरका विभिन्न कामको लागि आएका जनताको सहयोग गर्न लागि पर्दै आएका छन् । उनले जिल्ला शिक्षा कार्यालय सुर्खेतबाट उत्कृष्ट शिक्षा सम्मानसहित विभिन्न सामाजिक संघ, संस्थाबाट एक दर्जन भन्दा बढि प्रशंसा–पत्र, सम्मान, कदर पत्र प्राप्त गरेका छन् ।
हाम्रो नेपालको प्रदेश, स्थानीय तहमा वहुमुल्य जडिवुटी, खनिज पदार्थ रहेकोले त्यसको उत्खनन, प्रशोधन, वजारीकरणसमेत संसदबाट ऐन, कानुन निर्माण गरी प्रदेश, स्थानीय निकायलाई वर्गिकरण गरेर अधिकार दिनुपर्ने धारणा राखे । स्वदेशमा उत्पादित वस्तुहरु विदेशबाट ल्याउनु रोकिनु पर्छ । गुजरामुखी कृषि पशुपालन प्रणाली अन्त्य गर्दै कृषि, पशुपालन फार्म व्यवस्थापन लैजानु पर्छ । अहिले अध्ययन रोजगारीका लागी प्रदेश पलायन हुने युवा युवतीलाई स्वदेशमा नै कसरी व्यवस्थापन गरी श्रम पोख्न लगाउने तत्काल राज्यले नीति ल्याउनु पर्छ ।
नत्र अहिले कृषिका जग्गा बा“झो हुँदै गएका छन् । बृद्धबृद्धाहरु युवायुवती घर नहुँदा दुःख भोगी रहेका छन् । विदेशबाट श्रम पोखेर पठाएको रेमिन्ट्यास (विप्रेसन) ले राज्य ले सत्ता, भत्ता खाने, घरपरिवारले श्रमबाट पठाएको रकमले बजारबाट किनी खाने लत्ता, कपडा लगाउने निरुत्साहित गरी आफनो श्रम बाच्ने नीति छिट्टै ल्याउनु पर्छ । राज्यले रोजगारी नाममा बर्ष अन्तिम बर्षा शुरु हुने समयमा एक महिना रोजगारी दिने अहिलेको व्यवस्थापन अन्त्य गरेर स्थायी रुपमा कसरी नागरिकलाई रोजगारीदेखी अन्य व्यवसाय गर्ने नीति ल्याउनु जरुरी छ भनि दुरसन्देश पनि दिएका छन् । सबै जनामा चेतना भया ।
पृथ्वीबहादुर सिंह । सुर्खेत । २२ श्रावण २०८१, मंगलवार ११:४७