सल्यान जिल्ला सोरा गाउ“ पंचायत वार्ड नं. २ सिमखर्क ठान्दरा हाल वन्गाडकुपिण्डे नगरपालिका निवासी वुवा कुलविर चलाउने, आमा टंकी चलाउने पा“च भाई पा“च बहिनी मध्ये साइलो छोराका रुपमा २००६ साल माघ १५ गते हरिशचन्द्र चलाउने निम्न माध्यम परिवारमा जन्मिएका थिए । घरमा वुवा दाजु शिक्षित भएकोले सा“वा अक्षर ठुलो वर्णमाला चण्डी समेत अध्ययन गराई १३ वर्षको ह“ुदा श्री ने.रा.प्रा.वि पिपलनेटा सेजुवाल टाकुरा कक्षा–१ मा भर्ना भै ३ महिनापछी सबै गाउ“ले युवाहरु कमाउन भारतको हाल उत्तरा खण्ड (कालापहाड) नैनिताल पुगेका थिए । त्यहा“ उनले एउटा प्राथमिक विद्यालय शिक्षकको घरमा खानपिन बनाउने सरसफाई गर्ने दिनमा विद्यालयमा अध्ययन गर्ने समेत हिन्दी, नेपाली एउटै देव नागरिक लिपी हु“दा सहज भएको थियो ।
त्यहा“ अध्ययनपछी नेपाल फर्कि १५ बर्षे उमेर भएपछी पहिले कै प्रा.वि. मा चार कक्षामा भर्ना भई परीक्षामा विद्यालय प्रथम भएर उत्तिर्ण भएका थिए। त्यसपछी अपगे्रट भएर कक्षा–६ मा भर्ना हुन जन मा.वि.कल्यान लुवाविङ सल्यान १० कक्षा अध्ययनपछी एसएलसीको लागी टेष्ट परीक्षा पास गरी सके पछी नेपाल विद्यार्थी संघको सदस्य रहेको गुप्तचर सिफारिसबाट सल्यान प्रमुख जिल्ला प्रशासनको दवावमा ७५ दिन हाजिर विद्यालय उपस्थित नभएको आरोप लगाएर हुलाकबाट केन्द्रमा पठाउने परीक्षा नतिजा फिर्ता गरेर एसएलसी दिन रोकिएको थियो ।
त्यो समय आफनो गाउ“ पञ्चायतबाट एक मात्र एसएलसी दिने उनी एकमात्र विद्यार्थी थिए । त्यो घटनापछी उनलाई परिवार, समाजमा तिरिस्कार हुन थालेपछी जसले उनलाई एसएलसी परीक्षा दिने रेष्ट्रिगेट गर्ने चाल खेल्ने उनैको नाता पर्ने नेवार परिवार की वाल कुमारी श्रेष्ठसंग प्रेम विवाह भएको थियो । त्यो समयमा जातीय असमान्ता समाजमा ब्याप्त थियो । म क्षेत्री परिवारको तागाधारी, श्रीमती नेवार परिवार की जनजाती भएको भनि घरमा भान्सामा जान, खाना पकाउन श्रीमतीलाई अनुमति नपाउ“दा ५ महिना पछी २०३१ सालमा जम्मा ७५ पाकेटमा राखी सुर्खेत जाउ“ कहि ज्याला मजदुरी गरी खाउँला भनि श्रीमतीलाई साथ लगाएर हिडेको तितो यथार्थ अनुभव सुनाए । तीन दिन पैदल हिडी चैत्र ३१ गते वरिपाटी बुचेमल्ल घरमा वास बस्न पुग्दा सिम्ताली विर पुरुष भुपाल शाही त्यहि वास वस्न आएकोलेसंगै वास बसेको सुनाए ।
२०३२ साल १ गते वैशाख सुर्खेत उपत्यकामा पाइलो टेक्का पासमा रु.१५ मात्र बचाएका थिए । त्यहि समयमा उपत्यकाका विभिन्न गाउ“ पंचायत जनताको नागकिता बनाएर वितरण गर्न आएका खरदारसंग संयोगले भेट हुन गयो । ति खरदारले नागरिकताको लागी फाराम भर्न सक्छौ भन्दा सक्छु भने । एक फाराम भरेको २५ पैसा शुल्क थियो । १६०० फाराम भर्दा १६०० पच्चिस पैसा पाउ“दा ४०० रुपैयाँ हुन जा“दा ति घुसिया खरदारले आधा रुपैयाँ २०० लिए मैले २०० कमाउन पुगेको सुनाए ।
त्यहि पैसाले हालको वीरेन्द्रनगर नगरपालिका वार्ड न.६ विरेन्द्र चोक पूर्वमा नेताचोक उत्तर पुरानो वाणिज्य बैंक घरको छेउ ढोका नभएको कोठा भाडामा लिएर चियाखाजा पसल गर्न दुवैजना लागेको सुनाए । पसल गर्दै हालको जन.मा.वि. वीरेन्द्रनगरबाट प्राइभेट एसएलसी फर्म भरि टेष्ट परीक्षा उत्तिर्ण गरी एसएलसी परीक्षा उत्तिर्ण गर्न पुगेका थिए । त्यो समयमा राजा वीरेन्द्रले म.प. क्षेत्रीय सदरमुकाम घोषणा गर्दा सुर्खेत उपत्यका बजार विस्तार भएर बस्ती विस्तार हुन थालेको थियो । उहाँको खाजा पसल सल्यानी होटलको नामले पहिचान वनाएर खाजा र खाना समेत संचालन २०४५ सालसम्म गरेका थिए ।
श्री ५ वीरेन्द्रको क्षेत्रीय भ्रमणमा सल्यानबाट सि“गारु ना“च तत्कालिन संगै्रहिका प्रधानपंन्च रोमहर्श शाह अगुवा भएर राजाको क्याम्पमा ना“च्न सिगा“रु ना“च देखाउ“दा प्रथम भएर १३००० हजार पुरुस्कार पाएका थिए होटेलमा खाना वस्नको दिएकोले उनले रु ५००० सिगारु टोलीबाट पाएका थिए । व्यापार राम्रो चलेको ले बजारमा केहि स्थानमा घडेरी हुने लायक जग्गा समेत किनी सकेका थिए । त्यहि समय नजिक रहेको जिल्ला प्रशासन कार्यालयमा खरदार जागिरको एउटा कोटा आए छ । आजकाल जस्तो लोकसेवा दिनु पर्ने अवस्था थिएन ।
प्रमुख जिल्ला अकिारीले खरदार जागिर खान्छौ भनि सोधेपछी खान्छु भनि नियुक्ति लिएर एक महिना जागिर गरी रु २५५ तलब बुझि खरदारबाट राजिनामा गरी दिएका थिए । त्यहि समयमा वीरेन्द्रनगरमा सुर्खेत जिल्लाको पहिलो उधोग वाणिज्य संघ स्थापना भयो । पहिलो अध्यक्ष नन्द वहादुर कार्की, गगंनसिं सुनार उनी संस्थापक सदस्य बनेका थिए । त्यस पछी खाद्यान्न र नुनको डिलर लिएर पसल गरेका थिए ।
त्यो समयमा वीरेन्द्रनगरवाट नुन चामल फलाम दैलेख कालीकोट मुगु, जुम्ला, हुम्ला समेत जाने गथ्र्यो । त्यो समयमा नुन चाहिएमा सल्यानी कपडा चाहिएमा कार्की सुन चाहीएमा गंग सिहं भन्ने जनबोली नै थियो । वीरेन्द्रनगरमा यसरी नुन चामल डिलर लिएर लामो समय दुर्गम जिल्ला आपुर्ति बजार पुर्ति गराएका थिए ।
त्यसपछी पनि नुन खाद्यान्न ठेक्का लिएर पनि आपुर्ति गरेका थिए । त्यसपछी विदेशी ढुङ्गा व्यापारी जेम्टोङसंग सम्पर्क गरी निर्यात गर्न नेपालबाट विधिवत निकासी उत्खनन प्रशोधन गर्ने नेपाल सरकारको अनुमती पत्र लिएर जाजरकोटमा टुटमालिन तिनवटा खानी, कालिकोट काइनाईट एक खानीबाट निकाली भारतको राजिस्तानसम्म केहि समयको व्यापार गरेको अनुभव सुनाए । काम गर्ने थोरै समयमा कान्छो छोरा सरद कुमार चलाउने को मृर्गौउला फेल भएर २०७८ सालमा मृत्यु हु“दा त्यो उद्योग मात्र स्थगित भएन ५० लाख खरिद गरी ल्याएको ढुङ्गा प्रशोधन मेसिन अहिले पनि खाली बसेको छ । त्यसको एकवर्ष पछि २०७९ सालमा श्रीमती वालकुमारी श्रेष्ठ चलाउने मृगौला फेल भएर काठमाडौं नर्भिक हस्पिटलमा निधन हुन पुग्यो ।
केहि समाज सेवा समेतको काम गरौ भनि दुवै जनाको सहमतिमा भेरी नदी किनारको समाईज्यू घाट गौशाला भएको भेरी पुल मसानघाट जाने मलामीहरुको लागी उद्योग वाणिज्य संघ उपाध्यक्ष हु“दा निजी लगानीमा खानेपानी संयोजक भएर निर्माण गरेको खानेपानी अहिलेसम्म संचालन रहेको छ । वी.न.पा ३ हरिडिलभूमि प्रा.वि. हाल हरिडिल मा.वि.तातापानी सुर्खेतलाई आवश्यक पर्ने जगा खरिद गरी भौतिक व्यवस्थापन गर्न २०७५ सालमा मेरो श्रीमतिको नाममा रहेका घडेरी विक्रि गरी २० लाख सहयोग गरेका थियौं । त्यस्तै गरी वी.न.पा ३ को वडा कार्यालय निर्माण गर्ने जग्गा नहु“दा श्रीमती सल्लाहमा निशुल्क वडा कार्यालय निर्माण गर्न जग्गा दान पास गरेका थिए । उनको नेतृत्वमा वी.न.पा ३ र ४ रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र पुर्व राजमार्गबाट उत्तर खोर्के खोला पश्चिम जनताको लागी परेको खानेपानी योजना ठेक्का लिएर सम्पन्न गरेको अहिलेसम्म त्यहि खानेपानी संचालन भै वासिन्दाहरु खाईरहेका छन ।
उनी नेपालको द्धन्द्धकालमा सत्य शाहि केन्द्र सुर्खेतको अध्यक्ष रहएका छन् । भारत नेपाल विभिन्न धर्मपिठहरुमा पुगेर आस्था मात्र विसाउ“नु भएन, अयोध्यामा राम मन्दिर निर्माण गर्न सर्यु नदिमा आधाजलमा डुबेर पितृ श्रदा सुर्यलाई अर्घ दिएर १२ सय १२ सय श्रीमती सहितले सहयोग दान गरेका थिए । पोखराको सत्य शाही केन्द्रको विद्यालयलाई श्रीमती सल्लाहमा ५ लाख रुपैया सहयोग गरेका थिए ।
२०३६ सालवाट उधोग वाण्ज्यि संघ को विभिन्न पद रहदै हाल आजिवन विशिष्ट सदस्य रहनु भएको छ । उधोग वाणिज्य संघ देखी विभिन्न सुर्खेत जिल्ला स्थरका संघसंस्थाहरुवाट एक दर्जन सम्मान प्राप्त गर्नु भएको छ । वाहाना २ छोरा मध्ये जेठो छोरा मनोज कुमार चलाउने स्व.ः कान्छा सरद कुमार. र छोरी शान्त, प्रज्ञा रहेका छन् । जेठो छोरा मनोज २०५५ सालमा उलङ्घन वि.वि. अष्टे«लियामा कम्प्युटर साईन्स अध्ययन गर्न पठाएको हाल अष्टेलियामा नै प्रवासी चाहिनिज केटी विवाह गरी उही हस्पिटलमा जागिर दुवै जना गरिरहेका छन । एक पटक छोराले अष्ट्रेलिया वोलाएर गएपछी त्यहा“ पनि नेपालीले निमार्ण गरेको पशुपति नाथ मन्दीर पुगी ५०० डलर दक्षिणा दिएका थिए ।
दुवै छोरी आ–आफनै वैवाहिक सम्वन्धमा वा“धिएर विरेन्द्रनगर विरेन्द्रचोकमा व्यापार गरी वसेकी छिन । हाल वीरेन्द्रनगर–६ चोकमा आफनै घरमा पसल र वी.न.पा ४ नया“ बजार अवस्थित घरमा कान्छी वुहारी नाती १ नातिनी २ साथमा वृद्ध जिवन ध्यान जपको साथै नया“ वजार टोल अध्यक्ष समेत रहेर टोललाई स्वाथ्य राख्न विभिन्न प्रकारका फलपुल लगाउन उत्प्र्रेणा गरिरहेको छ ।
उनको आन्तरिक इच्छा नेपाल कै कच्चा पदार्थवाट पक्का र निर्यात गरेर आत्मा निर्भर हुन सके आजको प्रदेश श्रमदासको युवायुवती यात्रा अन्त्य गर्ने लोकतान्त्रिक गणतान्त्रिक तिनै तहका नेपालका राजनितिज्ञ नेतृत्वमा मेरो देशमा प्रकृतीले वहुमुल्य संम्पदा उपहार रुपमा दिएको छ । त्यसको लागी अकुत सम्पती कमादीन देश निमार्ण गर्न युवा युवतीको श्रम पसिना स्वदेश लगाउने इस्वरी ज्ञान प्राप्त होस् । राजनितीलाई कमाउ होइन सेवा भाव जगाउन प्रजातन्त्र गणतन्त्र स्थायित्व वनाउन महिनै पिच्छे सरकार जाने आर्लने अन्त्य होस भनी दुर सन्देश दिनु हुन्छ ।
अन्त्यमा यो अवस्था पु¥याउने मेरो वुवाआमा को आशिरवाद जिवन संगिनी वालकुमारी को आदम्य शाहसले आजको नाम दाम आर्जन गर्न पुगेकोले उनीहरुमा न्यानो श्रद्धाञ्जली श्रद्राको सुमन चढाउदै सवैमा चेतना भया ।
पृथ्वीबहादुर सिंह । सुर्खेत । १७ श्रावण २०८१, बिहीबार १२:१३