दुल्लुमा अब विवाह गर्दा वडाको सिफारिस अनिवार्य


दैलेखको दुल्लु नगरपालिकास्थित वडा नम्बर १२ गौरीमा अबदेखि विवाह गर्ने जोसुकैले पनि विवाहअघि वडाको सिफारिस अनिवार्य गरिएको छ ।

असार २१ गते बसेको वडा समितिको बैठकले साउन १ गतेदेखि लागू हुनेगरी उक्त निर्णय गरेको हो । वडा कार्यालयले असार २६ गते बुधबार सूचना जारी गर्दै निर्णयबारे जानकारी लिएको हो ।

वडाध्यक्ष लिलाराम लम्सालद्वारा हस्ताक्षरित सूचनामा साउन १ गतेदेखि उक्त वडाभित्र विवाह गर्ने जोसुकैले अनिवार्य वडाको सिफारिस लिन निर्देशित गरिएको छ । सूचनामा यस्तो निर्णय लिनुको कारण भने खुलाइएको छैन ।

तपाईको प्रतिक्रिया