भाडा नतिर्ने टहरामा लगायो गुठीले ताला


चन्दननाथ भैरवनाथ गुठीले भाडा दिएका ७ टहरामा ताला लगाएको छ । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र सरोकारवालाहरूको अगुवाइमा ताला लगाएको हो । करिब सात महिनादेखि १८ महिना सम्मको भाडा नतिर्ने टहरामा गुठि व्यवस्थापन समितिले ताला लगाएको चन्दननाथ भैरबनाथ गुठि व्यवस्थापन समितिका अध्यक्ष अम्मर बहादुर थापाले बताए ।

उनका अनुसार चन्दननाथ भैरबनाथ गुठि व्यवस्थापन समिति संग भएको सम्झौता अनुसार विभिन्न व्यापार व्यवसाय संचालन गरेर लामो समय सम्म भाडा नतिर्ने व्यापारीको टहरामा ताला लगाइएको हो । सम्झौतानुसार लामो समय सम्म भाडा नदिने र ताकेता गर्दा पनि अटेरी गर्ने व्यापारीको टहरामा तालाबन्दी गरिएको चन्दननाथ भैरबनाथ गुठिका कोषाअध्यक्ष नवराज श्रेष्ठले बताए ।

उक्त टहराबाट २१ लाख २१ हजार ५ सय ३६ रुपैयाँ उठ्नु पर्नेछ । चन्दननाथ नगरपालिका– ५ स्थित कालेखोली लाईनमा रहेका ७ वटा टहरामा ताला लगाइएको हो । उनले भने, ‘कालेखोली क्षेत्रमा गुठिको जग्गामा ३६ वटा टहरा संचालन छन् ।’ ३६ वटा मध्य १० वटा टहराले निकै लामो समयदेखि भाडा तिरेका छैनन् ।उनीरुलाई पनि अल्टीमेटम दिईएको छ । भनेको समयभित्र भाडा नबुझाए त्यहाँ पनि ताला लगाईनेछ । ‘खाली जग्गा राख्नु भन्दा स्थानीयको जीविको पार्जन पनि होस भनेर टहरा भाडामा दिएका गुठीका अध्यक्ष थापा बताउँछन्। एउटै टहराबाट लाखौ रकम उठन बाकीँ छ।३÷३ महिनामा भाडा बुझाउने सम्झौता भएपनि अटेरी गरेका छन् ।

न्युनतम सात महिना देखिदेखि अधिकतम १८ महिनासम्मका भाडा तिर्न बाँकी छन् । भाडा तिर्नको पटकपटक ताकेता गर्दासम्म अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको गुठिले जनाएको छ । कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरब नाथ मन्दिरको संरक्षण तथा प्रर्बद्धनका लागि बजेट अभाव छ । गुठीभित्र पुजापाठ गर्न र कर्मचारीलाई तलब खुवाउन कठिनाइ छ । गुठिको जग्गामा व्यापार गरीसकेपछि भाडा तिर्न नमान्नु हदै सम्म ढिला गुर्न राम्रो पक्ष नभएको नागरिक अगुवा राज बहादुर महतको भनाई छ ।

उनी चन्दननाथ मन्दिरको प्रर्वद्धनका लागि सबै सरोकारवाला एकजुट हुनु पर्ने बताउँछन् ।

तपाईको प्रतिक्रिया