वावु जसवीर राना, आमा पम्फाका तीन भाई मध्ये कान्छा तीन बहिनी मध्ये जेठा छोराको रुपमा गंगाराम राना २००८ साल जेठ २५ गते सिमा गाउ“ पंचायत वार्ड नं. ८ जाजरकोट हाल शिवालय गा.पा. वार्ड नं. १ सिस्ने गाउ“को टाटेगरा भन्ने स्थानमा निम्न मध्यम परिवारमा जन्मिएका हुन ।
शुरुको शिक्षा दैलेखद्धारा गुरुले ८ बर्षको उमेरमा गुरुकुल शिक्षा घरमा अध्ययन सिस्ने गाउ“मा शुरु गरेका थिए । त्यसपछी हालको चिगाडमा गा.पा. त्यो समयको सिम्ता दरा रहकुल गाउ“मा चन्द्र बहादुर राणाले वारखरी अध्ययन पुरा गराएका थिए ।
बालक कालमा गाईबाख्रा वनमा चराउने घा“सपात पनि वनवाट ल्याउन उमेरमा बर्षा समय जोतखन भएको थियो । त्यसपछी विद्यालय श्री ५ को सरकारबाट स्विकृत प्राथमिक कालिका प्रा.वि. जुगाथापाचौर जाजरकोटबाट ५ कक्षा उत्तिर्ण गरेका थिए । त्यसपछिको अध्ययन वीरेन्द्र मा. वि. जुगाथापाचौर जाजरकोटबाट ६, ७, ८ कक्षा उत्तिर्ण गरेका थिए । कक्षा–८ पासपछी शिक्षक नर्मल तालिम गर्न श्री त्रिभुवन मा.वि. शिक्षा शास्त्र इन्स्टिच्युट पाल्पा क्याम्पसबाट पूर्व सेवाकालिन २०२७ सालदेखी २०२९ साल दुई बर्षसम्म अध्ययन गरी सफल प्राप्त गरेका थिए । त्यो समय समककक्षी साथी जाजरकोट सिमाका स्व. पुरस्कार माओवादी द्धन्द्धमा मारिएका थिए । सिमाका टिकाराम शर्मा मेरै गाउ“ सिस्ने झुपलाल राणा डुङग्रा गाउ“का विरवहादुर वस्नेतसमेत ले संगै पुर्व सेवाकालिन नर्मल तालिमसंगै पाल्पामा गरेका थियौं ।
तालिम प्राप्तपछी जाजरकोट जुँगाथापाचौर गाउ“ पञ्चायत पर्ने श्री ने. रा. प्रा. वि. लिस्पानी २०३५ सालसम्म प्रधानाध्यपाक भै अध्यापन गराएका थिए । त्यसपछी २०३६ सालमा हिमालदेवी प्रा.वि. डुङग्रा जाजरकोटमा प्रधानाध्यापक २०५९ सम्म अध्यापन गराएका थिए । २०५९ सालपछी श्री ने.रा.प्रा.वि. सिमा सिस्ने गाविस सिस्ने हाल शिवालय गा.पा–१ मा जाजरकोट सरुवा भै प्रधानाध्यापक पदमा अध्ययन गराउ“दै २०६७ साल सेवा निवृत्त भएका छन् । २०२६ सालमा खानीखोला गा.वि.स हाल सिम्ता गा.पा. ९ खानीगाउ“ का स्व. वुवा कर्णे वस्नेत, स्व. आमा राधिका बस्नेतकी छोरी मोतिदेवी वस्नेत राणासंग प्रेम विवाह भएको थियो । उनका दुई छोरा इन्द्रवहादुर राना, जितेन्द्र कुमार राना छोरी चार जेठी लक्ष्मी दिल माया शर्मिला र कृष्ण रहेकी छन् । सबै छोराछोरीहरु आ–आफनो वैवाहिक सम्वन्धमा बाँधिएका छन् ।
जेठा छोरा इन्द्र वहादुर माछा पोखरी बनाई पालन गरी बसेका छन् भने कान्छा जितेन्द्र कुमार शिवालय गा.पा. बाट १ सिस्नेको वार्ड सदस्य एमाले पार्टीबाट विजय भएका छन् । वुहारी कान्छी सुर्यज्योती प्रा.वि. सिस्ने काफ्लगैरा प्रधानाध्यापक भै अध्यापन गराइरहेकी छिन । हाल शिक्षक निवृत्त भरण प्राप्त गर्दै जेठा छोरासंग श्रीमती शिवालय गा.पा.–१ पुरानो बस्ती सिस्ने जाजरकोटमा वृद्ध जिवन विताई रहेका छन् । शिक्षक गंगारामले २०३६ मा शिक्षा दिवस उपलक्षमा श्री ५ सरकारबाट एकहजार शिक्षा सेवावापत नगद र प्रशंशापत्र र शिक्षक संगठन जाजरकोटबाट शिक्षक सम्मान पत्र प्राप्त गरेका थिए ।
२०७२ संबिधानले नेपाललाई धर्म निरपेक्षता राष्ट्र बनाएको छ । युगौ युगदेखी हिन्दु राष्ट्र नाममा शासन सत्ता जाने धर्म नाममा अनेक प्रकारले धार्मिक शोषण गर्ने धर्म निरपेक्ष राष्ट्र बनाएको छ । युगौ युगदेखी हिन्दु राष्ट्र नाममा शासन सत्तामा जाने धर्मका नाममा अनेक प्रकारले धार्मिक शोषण गर्ने धर्म अन्धहरुलाई यो संविधानले खुल्ला गर्दा अन्य धर्मको प्रचार–प्रसारमा धार्मिक भिरहरु लागिरहेका छन् । धर्म एउटा मन बुझाउने प्रकृया हो ।
हाम्रो जस्तो चेतनास्तर कम भएका अल्पविकसित मुलुकहरुलाई विकसित भन्ने शक्ति राष्ट्रहरुले प्राकृतिक सम्पदा मानविय श्रम लुटन कुन प्रकारले पुनःप्रजातन्त्र को अन्त्यपछि गणतन्त्र घोषणा भएपछी पनि धार्मिक पृथकता जातिय, क्षेत्रीय द्धन्द्ध मच्चाउन आपना दलाल बुद्धिजिवी दलालवादीहरु गुप्त सल्लाह हतियार दिन सक्छन । पछिल्लो पटक यी साम्राज्यवादी शक्ति राष्ट्रहरु आफै हतियार लिएर आउँदैनन । विभिन्न सहयोगको नाममा एन्जियोको नाममा राज्यसत्तासंग सम्झौता गरी आउँछन । तिनै स्वदेशी शिक्षित दलालहरुलाई तलब भत्ता खाएर गुप्तचरी देशको गुप्तखवर नेटमा पठाउँछन । त्यहिमा टेकी द्धन्द्ध घाउ बनाउन लाग्छन ।
जसको उदाहरण अफ्गानिस्तान, हैटी, सुडान युक्रेन, श्रीलंका, भुटान सिक्कीम, का“गो जस्ता राष्ट्रहरुले अनेकौ द्धन्द्धका घाउहरु बेहोरी रहनु परेको छ । हाम्रो मुलुुक पनि पुनः प्रजातन्त्रका ३५ बर्ष गणतन्त्रको १७ बर्षमा सत्ता जाने ३, ९ महिने एक बर्षे सरकार बनाउने ३१ वटा अस्थिर सरकार बनाउने क्रिया चलिरहेको छ । अब त्यो अस्थिर दिशा तिर जान नदिन कार्यकारी राष्ट्रपती वा प्रधानमन्त्री प्रत्येक्ष जनताबाट निर्वाचित बनाउने त्यसले पा“च बर्षसम्म शासन गर्ने संसदबाट मात्र मन्त्री नियुक्ति हुने प्रकृया हटाएर विषय विज्ञ मन्त्री बनाउने गरी संविधान संशोधन गरी ल्याउने हो भने आजको सत्ता कमाउ“ धन्दा अन्त्य स्थीर सरकार पा“च बर्ष चल्ने छ ।
साम्राज्यवादी चलखेल पनि अत्यन्त हुनेछ । त्यस्तै देशको भौगिक विकासले मात्र सम्बृद्धी लिँदैन राज्यले जनचेतना बढाउने बजेट छुटयाएर शिक्षित मात्र होइन सचेत नागरिक बनाउन लाग्नु पर्छ । अब आजको अस्थिरता अन्त्य हुने छ भन्ने दुर सन्देश पनि दिने गर्नु हुन्छ । सबै जनमा चेतना भया ।
पृथ्वीबहादुर सिंह । सुर्खेत । २६ असार २०८१, बुधबार १२:२०