परिक्षा संचालन गर्दा शिक्षक माथि हातपात


जुम्लामा शिक्षकमाथि हातपात भएको छ । गाउँपालिकाको अनुदान विषयको निमावि तहको शिक्षक नियुक्ति गर्ने परिक्षा संचालन भइरहेको बेला एक जना युवाले शिक्षकमाथि हातपात गरेका हुन् ।

यहीँ असार ६ गते जुम्लाको पातारासी गाउँपालिका –५ लोर्पा गाउँका ३२ वर्षीय अमृत बुढाले शंकर माध्यमिक विद्यालयका सहाय प्रध्यानाध्यापक गोकर्ण जिसीमाथि हातपात गरेका थिए । उनले मादक पदार्थ सेवन गरि गाउँपालिका अन्तर्गतको शिक्षा युवा तथा खेलकुद शाखाभित्र हातपात गरेका हुन् ।

शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अभिराज उपाध्याय र विषयविज्ञ दुर्गा बुढा र भोजराज न्यौपानेलाई अभद्र व्यवहार गरि ज्यान मार्ने धम्की दिइएको प्रेस विज्ञप्तिमा भनिएको छ ।

उक्त कोटामा दुई जनाको दरखास्त परेको थियो । पहिलो पेपर चेकजाँच भइसकेको र दोस्रो पेपरको परीक्षा हुदै थियो । एक्कासी मदिरा सेवन गरेर यस्तो दुर्ववहार भएको बताउँछन् । विशेषज्ञ भोजरान न्यौपाने,हामीलाई विभिन्न आरोप लगाइएको छ ।
घुस खाएर आफ्नो मान्छे ल्याउने प्ररपन्च रचिएको छ । भनेर अर्को विशेषज्ञ दुर्गा बुढालाई अपशब्द बोलिएको छ । महिला भनेर होच्याइएको छ । भन्न नहुने असिल शब्द बोलिएको उनले बताए । यति हुँदा पनि नजिकैको स्थानीय सरकार मुख दर्शक भएको बसेको उनले बताए ।

शिक्षा ऐन २०२८ बमोजिम सञ्चालन भइरहेको परिक्षा रोकी अराजक व्यवहार प्रदर्शन गर्ने अमृत बुढालाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायलाई अपिल गरेको शिक्षा शाखा प्रमुख अभिराज उपाध्यायले बताए ।

उनले भने यस निन्दनीय घटनाको घोर आपत्ति प्रकट गर्दै एक निष्ठवान शिक्षक प्रति भएको आपत्तिजनक व्यवहारको भत्सर्ना गर्दै दोषीमाथि कारबाही नगरेसम्म सम्पूर्ण विद्यालय बन्द हुने सरस्वती माविका शिक्षक भिमबहादुर बिकले बताए ।

यो घटनामा गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकहरूले ऐक्यबद्धता जनाएका छन् । शिक्षहरुले सार्वजनिक सुरक्षा नभएको देखिएकाले दोषीलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही नगरेसम्म विद्यालयको नियमित उपस्थित हुन नसक्ने र जिल्ला प्रशासन कार्यालय जुम्लामा आई हाजिरी हुने अन्यथा हुन जाने सम्भावित घटनाको जिम्मेवारी प्रशासनले लिनुपर्ने ४२ जना शिक्षकले सामुहिक हस्ताक्षरित विज्ञप्तिमार्फ चेतावनी दिएका छन् ।

यता प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले आवश्यक अनुसन्धान गरि कानुनी दायरामा ल्याउने आश्वासन दिएका छन् ।

तपाईको प्रतिक्रिया