जुम्लामा स्थानीय उत्पादनको प्रदर्शनी

जुम्लाको सदरमुकाम खलंगामा स्थानीय उत्पादनको प्रदर्शनी सुरु भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा स्थानीय बालीको संरक्षण प्रवर्द्धन र बजारीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले दुई दिने स्थानीय उत्पादनको प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीमा किसानहरुले आफै उत्पादन गरेका रैथाने वस्तुहरु राखेका छन् । पछिल्लो समयम बाहिरबाट आयतित खाद्यन्नका कारण स्थानीय उत्पादनमा गिरावट आउन थालेपछि किसानहरुलाई स्थानीय उत्पादनमा लाग्न प्रेरित गर्ने हेतुले प्रदर्शनी आयोजना गरिएको हो ।

स्थानीय कच्चा पदार्थ स्वदेशी उत्पादन र रोजगारीमा अभिवृद्धि, लघु घरेलु तथा साना उद्यममा लगानी कर्णालीको समृद्धि भन्ने मूलनाराका साथ सुरु भएको प्रदर्शनीमा किसानहरुको उत्साहवर्द्धक सहभागिता छ । प्रदर्शनीमा १८ वटा स्टल राखिएका छन् । स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थहरुको बारेमा जानकारी र परम्परागत एवं सुधारका प्रविधिहरुको प्रदर्शनी गरिएको छ ।
स्थानीय उत्पादनमा मकै, सिमी, आलु, कोदो, चिनो, कागुनो, मार्सीचामल, जौ, गहुँ, फाफर लगायतका कृषि उपजहरु प्याकेजिङ बनाएर राखिएको छ । राडीपाखी, स्वीटर, खरायोको टोपी लगायतका सामग्रीहरुदेखि स्याउका चाना, आरु, ओखर पनि प्रदर्शनीमा राखिएको थियो । फापरको केक, कोदोको मम, जडिबुटी चिया, मह, शिलाजित, देवद्यारको तेल पनि प्रदर्शनीमा राखिएको छ ।

जुम्लाको चन्दननाथ नगरपालिका –५ कि सुसीला श्रेष्ठ जुम्लाको स्थानीय बालीको प्रदर्शनीले सकली किसानको पहिचान दिएको बताउँछिन् । उनले किसानहरुको दुःख अनुसारको फल प्राप्ति भइरहेको बताउँदै आगामी दिनहरुमा किसानहरुलाई लघु उद्यम संग जोड्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘हामी किसानहरु रैथानेबालीहरुको उत्पादन गर्न तयार छौं । सरकारले बेच्ने वातावरण बनाइदिनुप¥यो ।’ उनले झण्डै २० प्रकारको रैथानेबालीहरुको प्याकेजिङ गरेर प्रदर्शनीमा राखेकी छिन् । तिला गाउँपालिका –२ लिहीगाउँका हर्कबहादुर रोकायाले किसानहरुको मिहिनेतमा सरकारको अपनत्व हुनुपर्ने बताए । उनले भने, ‘गाउककमा किसानहरु रैथानेबाली जोगाउन लागि परेका छन् तर उचित बजारीकरणको अभावमा व्यावसायिक रुपमा अघि बढाउन सकेका छैनन् । प्रदर्शनीमा उत्कृष्ट किसानहरुले पुरस्कार पाउनेछन् ।

जुम्लाको रैथानेबालीको उत्पादनलाई स्तरोन्नती गर्ने, गाउककगाउककमा उद्योगहरु छन् । उनीहरुको पहिचान र बजारीकरणका लागि सहयोग पुगोस् भन्नका खातिर प्रदर्शनीको आयोजना गरिएको छ । जुम्लाका आठै वटा स्थानीय तहका स्टलहरु राख्न भनिएको थियो । २२ वटा दर्ता भएकोमा १८ मात्रै राखिएको छ, कार्यालय प्रमुख विनोद बानियाँले बताए । उत्कृष्ट किसान छान्न कार्यालयको मापदण्ड र अवलोकनकर्ताहरुको भोटिङले महत्वपूर्ण भूमिका रहनेछ । प्रथमलाई ३० हजार, दोस्रो २० हजार र तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजक उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले जनाएको छ ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले प्रदर्शनीको उद्घाटन गरेका थिए । आचार्यले स्थानीय उत्पादन गुणस्तर उत्पादन गर्नुपर्ने बताए । प्रदर्शनीले उद्योगीलाई प्रोत्साहन मिल्ने बताउदै गुणस्तरतामा ध्यान दिएमा जुम्लाका उत्पादन विश्व बजारमा समेत बिक्री हुने तर्क राखे । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे अर्गानिक खानाले स्वस्थ जीवनमा ठूलो योगदान पुरयाउने भएकाले त्यो सम्भावना जुम्लामा रहेको बताए ।

सफल उद्योगी नारायण चौलागाईले आफ्नो अनुभव सुनाउदै मिहिनेतच गरे लघु उद्योगले जीवन परिवर्तन हुने बताइन् । स्टलहरु सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुले प्रदर्शनीको अवलोकन गरेका छन् ।

तपाईको प्रतिक्रिया