सनातन धार्मिक व्यक्ति हुन बालकृष्ण

बुबा सनद प्रसाद प्याकुरेल आमा हिरादेवी प्याकुरेलका ६ भाई मध्ये बालकृष्ण प्याकुरेल साइलो छोराको रुपमा वि.स. २०१२ साल श्रावण १५ गते दैलेख जिल्ला साविक किमुगाउँ गाविस हाल नारायण नगरपालिका–६ मा मध्यम परिवार जन्मनु भएको हो । दश वर्ष को हुँदा त्रिभुवन मा.वि. नारायण नगरपालिका दैलेख प्राथमिक शिक्षा लिन भर्ना हुन भएको थियो । त्यहि विद्यालबाट एस.एल.सी. उत्तिर्ण गर्नुभएको थियो ।

एस.एल.सी. उत्तिर्णपछि उच्च शिक्षा लिन नलागी जिल्ला जन स्वास्थबाट जुएव नियुक्त भै गिताचौर, सेरीवारा, पगनाथ, वडालम्जी, विलापुर हेल्थपोस्टहरु दैलेखमा जागिरे भै ३८ वर्ष १६ दिनमा स्थायी सेवा निवृत्त हुन पुग्नुभएको हो ।

दैलेख जहाकोट निवासी बाबु भिम बहादुर थापा आमा पदम कुमारी थापाकी एक मात्र सुपुत्री माहोनमाया प्याकुरेलसंग २०३४ सालमा मागी विवाह बन्धन बाँधिनु भएको थियो । बालकृष्ण बुवा पञ्चायत कालमा दई सम्बन्धी किमुगाउँ पञ्चापनको प्रधानपञ्च समेत निर्वाचित हुनुभएको थियो । वच्पन र नोकरी अवधी कालमा पशुपालन खेतीपानी समेत गर्नुभएको थियो ।

बालकृष्णका एक छोरा कुमार प्याकुरले पत्रकार हँुदै ठेक्का पट्टा समेतका सञ्चालक गर्दै र बुहारी सुस्मा प्याकुरेल वन मन्त्रालय नासुमा कार्यरत छन् । चार बहिनी छोरी शुस्मा, लक्ष्मी अनु सरस्वती बैवाहिक सम्बन्धमा बाँधिएर आफ्नै व्यापार व्यवसायी गरिरहनु भएको छ ।

संयुक्त जन आन्दोलन दोस्रोपछि दैलेख जिल्ला शक्ति समिति अध्यक्ष दुई बर्ष नारायण नगरपालिका नगर विकास समिति अध्यक्ष दुई बर्ष त्यसपछि जिल्ला अदालत दैलेखको मेलमिलापकर्ता भएर एक बर्ष रहनुभएको थियो । २०८० चैत्र ७ गते जिल्ला अदालत दैलेखबाट मनोनयन नागरिक समाज अध्यक्ष रहनुभएको छ । सनातन धर्म मध्ये दैलख जिल्ला प्याकुरेल सेवा समाजको जिल्ला अध्यक्ष रहनुभएको छ ।

सनातन धर्म मध्ये राधे राधे धार्मिक हिन्दु शाखाको अनुयायी रहँदै आउनु भएको छ । जिल्ला भरमा विभिन्न धार्मिक कार्यक्रममा भजन कृर्तनमा पनि सहभागी हुनुहुन्छ । दैलेख जिल्लाभर बालकृष्णलाई राधेराधेका नामले पहिचान गरिन्छ ।

विगत पौराणिक घटना लोकमा प्रचलित दैलेख पान्कोटका श्री कृष्ण भण्डारी ३५० बर्ष अगाडी भारतमा गै कृष्ण प्रनामी थालनी गर्नुभएको थियो रे । त्यहि कृष्णको स्मृतीमा सरस्वती वृद्ध आश्रम नारायण नगरपालिका तरताङ्ग ठालुडाडा दैलेखमा कृष्ण प्रणामी मन्दिर बनाउने तयारी भएको छ भन्नु हुन्छ ।

श्रीमान् श्रीमती नेपाल भारतका विभिन्न हिन्दु धार्मिक पिटहरुमा आस्था बिसाउन रहेक बर्ष समय पाए आर्थिक जुठाएर गईरहनुहुन्छ । २०४६ सालपछि पूर्ण प्रजातन्त्र र २०६२÷२०६३ संयूक्त जन आन्दोलन दोस्रो सफलपछि गणतन्त्र हुँदै जन संविधान २०७२ लागु भएर आजसम्म आउँदा सत्ता भत्ता अस्थिरता आउने कारण स्थिर बनाउन ५ बर्षको लागि कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री प्रत्येक्ष जन निर्वाचित हुने संबैधानिक व्यवस्था हुनु पर्छ ।

देश समृद्धि बाटोमा लिने हो भने संसद निर्वाचित भएपनि मन्त्री बनाउँदा विषय विज्ञ जुनसुकै स्थानबाट मनोनयन गर्ने सबैधानिक व्यवस्था भए तब मात्र आजको एक बर्षे नौ महिने सरकार बनाउने कमाउ धन्दाको अन्त्य हुनेछ । स्थानीय तहका निर्वाचित जन प्रतिनिधि जो होल्टाईमर छन् तीनले मासिक तलब भत्ता पाउने र अन्य बैठकमा आउने मात्र उपस्थित हुनेलाई मात्र बैठक भत्ता र आतेजाते यातायताको रकम मात्र उपलब्ध गराउने र अरु समयमा उद्योग व्यवसायी गर्न लगाउनु पर्छ । आज जस्तो तलब भत्ता दिने हो भने देश छिटै टाट पल्टिने अबस्था आउन सक्छ । साथै संसदको उपल्लो सदनको खास काम नभएकोले देश आर्थिक बोझ मात्र रहेकोले तो पनि बन्ध गर्नुपर्छ भन्ने दुर सन्देश पनि दिनुहुन्छ । उहाँले प्याकुरेल बन्धुहरुको एक एक अक्षरहरुको निम्न कविता पाठ पनि गर्नुहुन्छ ।

प्या–प्याकुरेल बन्धु बान्धव सबैमिलि बङ्गसाबली राखौ है,
कु–कुलको लाईन उच्च राखी जगतमा हिक्मत ठुलो राखौ है,
रे–रेको भरनपरी एथाथ बुझी सब सत्य अगाल्ने गर
ल–लज्जा त्यागेर जेष्ट मान्य जनमा सम्मान गर्ने गर ।
जय राधे राधे राधे ।

हाल बृद्ध जिवन नारायण नगरपालिका–१ नयाँबजार आफ्नै निवासमा धर्मपत्नी माहोनमाया प्याकुरेल को साथमा धार्मिक पुजापाट गर्दै बाँकी जिवनको समय बिताई रहुनु भएको छ ।

तपाईको प्रतिक्रिया