बरिष्ठ पत्रकार मनऋषि धितालका जनयूद्धकालिन पुस्तकको सम्वाद गरिएको छ । काठमाण्डौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमोचिन गरिएको पुस्तकहरु गुफा प्रेसका चिठी, जेलयात्रा, गण्डकयात्रा, पिलियात्रा, राजमार्ग यात्रा, वेनियात्रा र आधार यात्रा पुस्तकको सम्वाद गरिएको हो । लेखक धितालको गृह जिल्ला जुम्ला पत्रकार महासंघको हलमा गरिएको सम्वाद कार्यक्रममा स्थानीय शिक्षा क्षेत्रका प्राज्ञिक व्यक्तित्व, राजनैतिकदल, प्रशासन, वुद्धिजिवीले धितालको कृति निकै महत्वपूर्ण रहेको बताएका छन् ।
माओवादीले थालेको जनयूद्धमा होमिएका धितालले तत्कालिन जनयूद्धमा भएका क्रियाकलाप तथा ईतिहासका रुपमा लिपिवद्ध भएकोमा पुस्तकहरुको आफैमा महत्व रहेकोमा जोड दिईएको छ । पुस्तकको टिप्पणी गर्दै जुम्ला बहुमुखी क्याम्पसका प्रमुख डा. ओम प्रकाश आचार्यले पुस्तक आफैमा ईतिहासको जिवित दस्तावेज भएको बताए ।
पिलीयात्रा पुस्तक पश्चिम नेपालमा भएको तत्कालिन घटना भएको बताउदै घटनाको विषयमा तत्कालिन समयमा भएका गतिविधिको उल्लेख गरे।उनले पुस्तकमा कर्णाली क्षेत्रमा भएको ठुलो घटना जनयूद्धको अन्तिम समयमा भएको बताए ।
राष्ट्रिय समाचार समितिका प्रमुख शुरबहादुर सिंहले गुफा प्रेसका चिठीको टिप्पणी गरे । युद्धमा एक साथी अर्कोमा सञ्चार गर्न, दुख, सुख, रोदन र क्रियाकलपाको विषयमा सञ्चार गरिरहेको पाईन्छ । २ सय ५३ वटा विभिन्न जनयूद्धको मोर्चामा लागेका व्यक्तिका पत्रको संगालो गुफा प्रेसका चिठी छ । यसले पुरानो सञ्चार माध्यामको उजागर र दस्तावेजीकरण गरेको बताए ।
लेखक तथा साहित्यकार खडानन्द चौलागाईले धितालको जेल यात्राको टिप्पणी गरेका थिए । उनले भने,आन्दोलनमा उत्रिदा जेल भुक्तान गरेको बिषय निकै संघर्षको कथा छ । पुस्तकको डिजाईन, आकार, कभर पेजमा तस्बिर निकै राम्रो भएको बताउदै पुस्तकमा केही अनुच्छेद लामो भएकोले अनुच्छेद छोटो हुन आवश्यक रहेको सुझाव दिए ।
कर्णाली माध्यामिक विद्यालयका प्रधानाध्यापक मिनराज शर्माले राजमार्ग यात्रा पुस्तकको समिक्षा गरेका थिए । राजमार्ग क्षेत्रमा भएका तत्कालिन गतिविधिको बिषयमा पुस्तकले प्रष्ट्याएको छ । शर्माले कितावमा तत्कालिन समयको राजमार्गयात्रा सहितको समग्र पुरस्तकमा हामी देशका लागि दौडिरहेका र लडिरहेका सन्देश सास्कृति ढंगबाट पनि प्रस्तुत भएकोमा जोड दिए ।
नेकपा माओवादी केन्द्रका वुद्धिजिवी संगठन जुम्लाका अध्यक्ष हिक्मत बुढ्थापाले कितावले आफैमा त्यसवेलाका गतिविधिका बिषयमा जोड दिईएको बताउदै यसको सवल पक्षमा जनयूद्ध आफैमा एउटा अवस्था थियो । यसको इतिहास प्रकाशित भएको छ, पुस्तकमा तत्कालिन समयका भाषामा केही सुधार्नुपर्ने बताए ।
पुस्तकको समिक्षा गर्दै प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले तत्कालिन अवस्थामा भएका र लागेका कुराहरुलाई दस्तावेजीकरण आफैमा महत्व भएको बताए । लेखकलाई विकास र समृद्धिको क्षेत्रमा कलम चलाउन अनुरोध गरे । नेकपा एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महतले हरेक वेलाका क्रान्तिलाई सघाउने केही दस्तावेजको महत्व भिन्नै हुने भएकाले त्यसवेलाको समयमा भएका काममको लेखक धितालले गरेको मिहिनेतका लागि वधाई दिए ।
अव हरेक क्षेत्रबाट समाजवादी यात्राका लागि सवैले सघाउनुपर्ने बताए । नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला ईन्चार्ज विर्खबहादुर शाहीले युद्धमा भोगेका बिषयमा लेखकले थालेको ईतिहास पढ्न पाउने अवसर जनयूद्धका डायरी पुस्तकले दिएको बताए । त्यतिवेला भिरपाखा, खोलानाला सहित अनेकन दुख पुस्तकले दर्शाएको छ । क्रान्तिकारी कम्यूनिष्ट पार्टीका जिल्ला ईन्चार्ज प्रेम प्रकाश ओलीले धितालका प्रकाशित कितावको अवस्था युद्धमा भोगेका कारण अध्ययन गर्न पाईने अवसरका लागि धन्यवाद ज्ञापन दिए ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका कर्णाली अध्यक्ष देवेश्वर गिरीका अनुसार विद्यालय स्तरमा समेत किताब पुग्न आवश्यक छ । यो पुस्तक सबै अध्ययन गर्नु जरुरत छ । लेखक मनऋषि धितालले आफु जन्मेको स्थानमा किताबको सम्वाद तथा शुभकामनाको प्रेणा भिन्नै रहेको बताए ।
२४ बर्षको युवा जेलमा बस्दा देखी आन्दोलनको पृष्भूमिमा लाग्दाका कैयौ संघर्ष डायरीमा रहेको सुनाए । वेनि यात्रामा जुम्ला, सिञ्जा र सिमिकोटको यात्रा समेत उल्लेख छ । कर्णाली सम्वाद कार्यक्रमका अध्यक्ष तथा ईलमका संरक्षक खेमराज लकाईले कर्णालीका गाउँका आथित्यता देख्दा गर्व लागेको बताए ।
उनले भने, लेखक धिताल पूर्ण सवेदना सहितको मानव रहेको आफुले महशुस गरेको छु । जर्मनी सहित विश्वमा भएका दुखत घटनाको इतिहास छ ।
गाेल्डेन बुढा । जुम्ला । ३० जेष्ठ २०८१, बुधबार १२:२७