बाल बिवाह न्युनिकरणका लागि बृहत् कार्यशाला


बालविवाह न्युनिकरणका लागि पत्रकारहरु संग बृहत् कार्यशाला गोष्ठि गरिएको छ । समाजमा हुने बाल विवाह,छिटो बिवाह र जवरजस्ति विवाह न्युनिकरण कसरी कम गर्न सकिन्छ भन्ने बिषयमा जिल्लामा क्रियाशील पत्रकाहरुसंग कार्यशाला गरिएको हो ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपालको सहजिकरणमा संचालित बाल विवाह,छिटो बिवाह र जवरजस्ती विवाह न्युनिकरण परियोजनाको आयोजनामा जिल्लामा कार्यरत संचारकर्मी तथा मिडियाकर्मीहरु संग कार्यशाला गोष्ठि गरिएको हो ।

बालविवाह लगायत अन्य विवाह ,बाल अधिकार ,बाल संरक्षण ,वकालत,पैरवी र रिपोटिंग सम्वन्धि पत्रकारहरुले विशेष ध्यान दिए बालविवाह न्युनिकरण सहित अन्य हिंसाहरुमा कमि हुने हुरेन्डेक नेपाल कालिकोटका सचिव खडानन्द अधिकारीले बताए ।

विगत लामो समयदेखि प्लान ईन्टरनेशनल नेपालको सहयोग तथा हुरेन्डेकको सहजिकरणमा कालिकोटमा बालविवाह ,छिटो बिवाह तथा जवरजस्ति बिवाह न्युनिकरणको क्षेत्रमा काम गर्दै आएको छ ।

परियोजना संयोजक शिबसंकर उपाध्यायले यस परियोजनाले समाजमा रहेका बाल,छिटो तथा जवरजस्ती बिवाह न्युनिकरण सहित विभिन्न कुरिति,कुसंस्कारका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको बताए । उनले भने हामीले काम गर्दै जाँदा महत्त्वपूर्ण भुमिका संचार माध्यमको रहने भएकाले पत्रकाहरुले बालविवाह न्युनिकरणका लागि रिपोर्टिङ तथा सक्दो सहयोग गर्न अनुरोध गरेका छन् ।

अनुगमन तथा मुल्यांकन अधिकृत कटक बमले समाज परिवर्तनको लागि मिडिया क्षेत्रको महत्त्वपूर्ण भुमिका रहने बताए । उनले भने बिगतका दिन भन्दा अहिले बालविवाहमा कमि आएको र अझै हरेक पत्रकारहरुले सक्रियताका साथ लागि परे समाजमा रहेका विभिन्न कुरिति कुसंस्कार सहित अन्य हिंसामा कमि हुने बताएका छन् ।

मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपालका जिल्ला ब्यवस्थापक दिलिप कुमार शाहीले सम्पुर्ण पत्रकारहरुले विभिन्न कुरीति कुसंस्कारका बिषयमा सकारात्मक दृष्टिकोणले कलम चलाए केही कमि हुने बताएमा छन् । बिशेष गरि बाल,छिटो तथा जवरजस्ती बिवाह न्युनिकरण गर्न आफ्नो संस्था बिगत लामो समयदेखि लागि परेको बताउदै यस्ता खाले बिवाह न्युनिकरण नभएर अन्त्य गर्नु पर्नेमा सबैले जोड दिन आग्रह गरेका छन् । सामाजिक क्षेत्रका ब्यक्ति र पत्रकारहरुको आकार फरक भएपनी काम एउटै गरेर समाजमा रहेका विभिन्न हिंसा अन्त्य गर्नु पर्नेमा शाहीले जोड दिए ।

कार्याशाला गोष्ठिमा उपस्थित पत्रकारहरुले बालविवाहको बिषयमा थुप्रै कदम चालेपनी सोचेजतिको नतिजा उपलब्ध गर्न नसकेको बताएका छन । पत्रकारहरुले बालविवाह अन्त्यको नारा लियर मिडियाको क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने बताएका छन् । बालविवाह ,बाल हिंसा,महिला हिंसा लगायत समाजमा हुने विभिन्न हिंसाहरुकै बढि रिपोर्टिङ गर्दै आएको र अझै रिपोर्टिङ गरिरहने प्रतिबद्धता गरेका छन् । हुरेन्डेक नेपाल कालिकोटका सचिव खडानन्द अधिकारीको अध्यक्षता, कार्यसमिति सदस्य तारा सार्की,ईन्सेक प्रतिनिधि कालि बहादुर मल्ल,पत्रकार महासंघका उपाध्यक्ष नमराज योगीको आथित्यतामा कार्यशाला गोष्ठि गरिएको थियो ।

तपाईको प्रतिक्रिया