उद्यमशिलता

रतन सुनारको सफल उद्योगी बन्ने सपना

वैशाख २०–२३ गतेसम्म वीरेन्द्रनगरमा औद्योगिक प्रदर्शनी तथा प्रतियोगिता भयो । जस प्रतियोगितामा धेरै उद्यमीले आफुले बनाएका सामान प्रदर्शनीमा ल्याएका थिए । उक्त कार्यक्रमको आयोजना उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले गरेको थियो ।

उक्त कार्यक्रम खार्पुनाथ गाउँपालिका–३, हुम्लाका रतन सुनारसँग भेट भयो । उनले हेण्डी क्राफ उद्योग सञ्चालन गर्दै आएका छन् । उनले बनाएको सामाग्रीको थोरै कुराकानी भयो । छोटो कुराकानीसँगै छुट्यौँ । उनीसँग वैशाख ३१ गते फेरी भेट भयो । उनीसँग ३१ गते भने लामो कुराकानी भयो । रतन सुनारले रोहित हेण्डी क्राफ उद्योग सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा सञ्चालन गर्न थालेको १ बर्ष पुरा भयो ।

स्थायी घर खार्पुनाथ गाउँपालिका–३, हुम्लामा हो । उनले हुम्लामा विगत केहि बर्षदेखि नै व्यापार गर्दै आएका रहेछन् । उनले हुम्लामा काठबाट उत्पादित विभिन्न सामानहरु खरीद गर्दै बिक्रि गर्ने गरेका थिए । उनले भने, ‘हुम्लामा प्राय जसो सबै मानिस यहि काम नै गर्ने गर्छन् । म पनि यो काम ६ वर्ष सम्म गरेको हुँ ।’ गाउँमा खरिद विक्रि गर्ने काम गर्दा गर्दै केहि साथीहरुले उद्योग नै खोल्न उनलाई सल्लाह दिएका थिए ।

साथीहरुकै सल्लाह अनुसार हेण्डी क्राफ उद्योग सञ्चालन गरेको उनले बताए । यो सञ्चालन गर्नु भन्दा पहिले हुम्लामा नै उनले जटिबुटिको पनि व्यापार गर्ने गरेको उनले जानकारी दिए । साथै उनले यार्साको समयमा यार्सा टिप्न जाने, खरिद बिक्रि गर्ने गरेको समेत बताए ।

उनले आफुले खरिद गरी चीनको तिब्बतमा पठाउँने गरेको बताए । हेण्डी क्राफ बनाउँने काम सिकेर हाल वीरेन्द्रनगर नगरपालिका—१२ मा आफै रोहित हेण्डी क्राफ उद्योग खोलेर विभिन्न प्रकारका भाँडाकुडाहरु टाउली, थाल, घैटो, लोटा, टिपिन लगायतका सामाग्री तयार हुने गरेको छ । जुन सामाग्री नेपालीभन्दा बढी चिनले प्रयोग गर्ने बताए ।

सुनारको उद्योगमा सिसम, काउलो, पाङ्गा, तिलाईलो, रिङ्गा लगायतका काठले सामाग्री बन्ने गरेको छ । सामाग्री बन्ने काठ जाजारकोट, मुगु, बाजुरा, हुम्ला, कालीकोट, जुम्ला, दैलेख, अछाम जिल्लातिरबाट आउने सुनारले बताए । उत्पादित सामान भने काठमाडौंमा केहि र बाँकि सबै चीनमा खपत हुने गरेको छ । ती सामाग्री नेपालमाभन्दा चाइनामा बढी निर्यात हुने व्यवसायी रतन सुनारले बताए ।

६ लाख लगानीबाट शुरु
रतन सुनारको उद्योगमा अहिले ४ वटा ठिया मेसिनमा ४ जनाले रोजगारी पाएका छन् । श्रमिकहरुले मासिक २० देखि २५ हजारसम्म कमाउने सुनारको भनाइ छ । रोहित हेण्डी क्राफमा बार्षिक ३÷४ लाख रुपैयाँ समाग्रीहरुको कारोबार हुने गरेको छ ।

हुम्लामा जटिबुटी गर्दै आएका व्यवसायी रतन सुनारले ६ लाख लगानीमा उत्पादन सुरु गरेका हुन् । नेपालमा बेरोजगारीको समस्या छँदैछ । सुनारको औद्योगिक यात्राको छोटै अनुभवमा कामदारको उत्तिकै अभाव छ । युवाहरु वेरोजार छन् तर उद्योगहरुमा कामदारको अभाव छ । हेण्डी क्राफका लागि कामदार भारतबाट नै लिनुपरेको सुनारले जानकारी दिए ।

उद्योग सञ्चालन गर्दै गर्दा छोटो समयमा आफ्नो अनुभव सुनाउँदै काठ पाएमा राम्रै आम्दानी हुने उनको भनाई रहेको थियो । आफुले उत्पादन गर्ने गरेको सामानको मुल्य एक सयदेखि ३ हजार रुपैयाँसम्म पर्ने गरेको उनले जानकारी दिए । सामान उत्पादनका लागि काठको पिसको दरमा एक सय देखि ३ हजार रुपैयाँसम्मको काठको सिपका मुल्य हुने गरेको बताए ।

सफल उद्योगी बन्ने लक्ष्य लिएका सुनारले आम युवाहरुलाई कुनैपनि काममा मेहनत र निरन्तरता दिए सफल बन्न सकिने सुझाव दिए । उनको उद्योगमा सुरुमा सबै भारतिय नागरिक थिए । अहिले भने आफ्नो भाइलाई सिकाएर भाईले पनि काम गर्ने गरेको उनले बताए । उनले भने, ‘पहिला सबै भारतीय कामदार नै थिए अहिले त भाईले पनि गरेको छ । उसले यो काम २ महिनामा सिकेको हो । मैले पनि काम गर्छु । नजानेका मान्छेले गर्न थाल्यो भने त सारै टाउँको रिङ्गटा लाग्ने गर्छ । सिक्ने मान्छेको लागि त यो काम अलि गाह्रो पनि छ ।’

नेपालीले काठको भाडा नै चिन्ने गरेका छैनन्
विदेशिले काठको भाँडा चिन्ने गरेको तर नेपालीले काठको भाडा नै नचिनेको व्यवसायी रतन सुनारले बताए । उनले भने, ‘विदेशिले काठको भाँडालाई महत्व दिन्छ तर नेपालले दिँदैन्, त्यसैले पनि नेपालमा काठका भाँडा विक्रि नै हुदैन् ।’

रतनले उत्पादन गरेको काठका सबै भाँडा चाइना जाने गरेको बताए । सुर्खेतमा उनले कर्णाली प्रदेशको सेन्टर नै रोजेर सुर्खेत वीरेन्द्रनगरमा हेण्डी क्राफ उद्योग सञ्चालन गरेको बताए । जहाँ प्रायः जिल्लाका काठहरु सुर्खेतमा माग गर्न सहज हुने भएकाले पनि सुर्खेत रोजेको बताए ।

हालसम्म उत्पादन गरेको सामान चाइना पठाउँन अपुग भएको बताए । बर्षमा काठको अभावले पनि ६÷७ महिना मात्र काम हुने गरेको उनको भनाई छ । उद्योग नियमित संचालनको लागि काठ र बत्तिको मुख्य समस्या रहेको उनले जानकारी दिए ।

अरु व्यवसाय भन्दा काठको व्यवसाय अलि सजिलो हुने र यसमा सरकारले पनि लगानी गरी केहि सहुलितमा मेसिनहरु उपलब्ध गराए उद्यमीहरुलाई सहज हुने उनको भनाई थियो । मेसिन भारतबाट लिनुपर्ने र मेसिन बिग्रेमा भारतमा नै लग्नुपर्ने भएकाले पनि उद्योग सञ्चालनमा समस्या हुने गरेको व्यवसायी रतन सुनारको गुनासो छ ।

तपाईको प्रतिक्रिया