अचार बनाउन सिपालु छिन् सोनु


थोरै जग्गामा अल्फा पिकल हाउस जसको सानै परिवार । वीरेन्द्रनगर नगरपालिका–१० की सोनु बराईली सानै उमेरदेखि नै अचार बनाउँने गर्थिन् । उनले हेटौडामा एक हप्ते अचार बनाउने तालिममा सहभागि भईन् । उनको जन्म घर हेटौडा हो । उनले अचार बनाउन रहर गरेपछि अचार बनाउने तालिम लिएकी हुन् ।

उनको विवाह २०६४ सालमा भएको थियो । विवाह गरेको केहि समयपछि उनका छोरी छोरी पनि भए । छोराछोरी हेर्दै उनी जुम्लामा गेस्ट हाउस पनि संचालन गरेको बताईन् । उनले जुम्लामा ६ वर्ष सम्म गेस्ट हाउस संचालन गरेको जानकारी दिईन् ।

नेपालमा कोरोनाका कारण लकडाउन शुरु भयो । सोनुलाई खाली बस्न भने मन नै पर्दैन् । जुम्लाको गेस्ट हाउस चलेन । राम्रोसँग गेस्ट हाउस नचल्ने भएपछि सोनु सुर्खेत आईन् । लकडाउनको समय घर बस्नु बाहेक अरु काम भने भएन् । उनीको बुवाले सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० मा ५ कट्टा जग्गा भाडामा लिएका थिए ।

त्यहि जग्गाको थोरै भागमा उनले सानो ठाउँ बनाएर ब्रोइलर कुखुरा पाल्ने योजना गरिन् । उनले पहिलो लटमा १ सय २० वटा चल्ला मात्र हालेकी थिईन् । १ सय २० वटा चल्ला एकदमै राम्रो भयो र कुखुराले मुल्य पनि राम्रो पायो । सानुले सोचे भन्दा बढि नै उनलाई फाईदा भयो ।

दोस्रो लटमा उनले एकैपटक ३ सय २० वटा चल्ला हालिन् । तर दोस्रो लटमा भने सोचे जस्तो भएन् । उनका ब्रोईलर कुखुराले मुल्य नै पाएनन् । कुखुराले मुल्य नै नपाउँने भएपछि सोनुका श्रीमानले सोनुलाई भनेका थिए, ‘तिम्लाई त अचार बनाउन आउँछ त अचार बनाउँन् ।’ सोनुले पनि श्रीमानले भनेको कुरालाई समर्थन गर्दै अचार बनाउँन लागिन् ।

सोनुले बनाएको मासुको अचार सोनुको परिवारलाई मन प¥यो । सोनु दिनदिनै अचार बनाउन लागिन र विक्रि पनि गर्न थालिन् । उनले बनाएको अचारको माग बढ्दै गयो । उनले भनिन्, ‘दास्रो लटको कुखुराले म धेरै घाटामा पर्ने थिए होला । अचार बनाए पछि म ३० हजार रुपैयाँको घाटाबाट जोगिएकी थिए ।’

कुखुराको मुल्य घटेपछि कुखुरा कसरी बिक्रि गर्ने बारे आफुलाई चिन्ता भएको सोनुले बताईन् । उनले ६ महिना सम्म घरबाट अचार बनाएर विक्रि गर्ने गरेको जानकारी दिईन् । जसबेला पसल दर्ता गर्नुपर्ने बारे आफुलाई जानकारी समेत नभएको उनको भनाई छ । केहि समयपछि भने घरेलु कार्यालयमा दर्ता गरेर नियमित अचार उत्पादनसँगै बिक्रि गरेको बताईन् ।

२० प्रकारका अचार
एक आइटमबाट सुरु गरेकी सोनुले अहिले २० आइटमका अचार बनाउने गरेकी छिन् । सोनु बराईलीले सिजन अनुसार विभिन्न प्रकारका अचारहरु बनाउँने गरेकी छन् । हातमा सिप हुँदा उनी घरमै सञ्चालन गरेको व्यवसायबाट आम्दानी लिन थालेकी हुन् ।

अचारमा काम गर्न बल नहुने भएकोले समस्या छैन । उनको उद्योगबाट उत्पादन भएको अचारको माग पनि बढ्दो छ । उनी भन्छिन्, ‘तालिमले मलाई सिप मात्र दिएन परिवार धान्न गतिलो माध्यम पनि दिएको छ । यही अचार उत्पादनले मेरो परिवारलाई सामान्य घर खर्च चलाउँदै आएकी छु ।’

उनी थप्छिन्, ‘सुरूमा मैले थोरै लगानीमा सुरु गरेको हो । बजारमा अचारको माग बढेकाले लगानी थप्ने सोचमा छु । लगानी थपेर अचार व्यवसायलाई निरन्तरता दिने लक्ष्य छ ।’ उनको उद्योगमा उत्पादन भएको अचार एक सय ८० देखि २ हजार चार सय रुपैयाँले बिक्री गर्ने गरिएको छ । परिवारको साथ सहयोगसँगै व्यवसाय गर्दै आएकी उनी आफ्नो व्यवसायबाट सन्तुष्ट छिन् ।

अचार बिक्रीको लागि बजार खोजिरहनु पर्दैन् । ग्राहकहरूले फोनमार्फत अडर गर्दै आएको उनको भनाई छ । उनले काँक्रा, अमला, गाँजर, वफ, चिकेन, छिद्रा माछा, लसुन, डल्लो खुसार्नी, आँप, टिमुर, सिलम, भटमास, तामा, गुन्द्रुक, बन्दालगायतका अचार उत्पादन हुने गरेको छ ।

अचार उत्पादनका लागि चाहिने सामग्री बजारमै पाउने भएकाले पनि उद्योग सञ्चालन गर्न समस्या छैन । आफूमा इच्छाशक्ति हुने हो भने उद्योग स्थापना गरे रोजगार बन्न सकिन्छ भन्ने सोनु बराईली उदाहरण बनेकी छिन् ।
अचारबाट महिनामा ५० देखि ८० हजार रुपैयाँ हुने गरेको उनले बताईन् । सोनुले बनाएका अचार वीरेन्द्रनगरमा रहेका शुभ होटेल, मानसरोवर, अशोका, चकटि, कणार्ली मार्ट र सुर्खेत भन्दा बाहिर चितवन, काठमाडौं, नेपालगञ्ज, वर्दिया लगाएतका ठाउँमा जाने गरेको उनले बताईन् ।

लामो समय खान मिल्ने अचार
लामो समय खाने भनेर बनाउने अचारमा कहिले काहीँ तेल र नुनको कमी भएको कारणले पनि ढुसी आउन सक्छ । यो बाहेक अचार बनाउन प्रयोग भएका सामग्रीमा राम्ररी तेल नलाग्नाले पनि ढुसी पर्ने समस्या हुनसक्ने सोनुले बताईन् ।

यदि लामो समय खाने भनेर बनाइने अचारलाई ढुसी पर्न नदिने हो भने त्यसमा तेल र नुनको मात्रा राम्ररी मिलाइएको हुनुपर्ने उनको भनाई छ । सकभर खाँदेको अचारलाई तेलमा राम्ररी डुबाउन सकियो भने त्यसमा ढुसी लाग्दैन ।

छ्वालीको आर्ट


सोनु अचार बनाउँने सिपमा मात्र होईन् । उनी छ्वालीको आर्ट पनि बनाउने गर्छिन् । २०५८ सालमा उनले हेटौडामा पेन्टिङ् गर्न सिकेकी थिईन् । दिदिसँग बस्दै आएकी सोनुलाई एक पेन्टिङ् गर्ने कार्यालयमा पेन्टिङ् सिकाउँने अवसर मिल्यो ।
केहि नजानेको पनि थिईन् । उनी भन्दा अझ जान्ने अरु पनि । उनले अरुको हेरेर झन सिक्ने अवसर पाईन् । उनी खाली समय कहिले अचार त कहिले आर्ट गर्ने गर्थिन् । १५ वर्ष अगाडि सुर्खेतमा घरेलुले आर्ट प्रतियोगिता गराएको थियो । जसमा आफु सहभागि भएर प्रथम भएको कुरा सोनुले सुनाईन् ।

धेरैजसो नेपाली कल्चरमा आर्टहरु कोर्ने गरेको सोनुले बताईन् । आफुले बनाएका सामाग्री देशका विभिन्न ठाउँमा गएको उनले बताइन् । उनले भनिन्, ‘वार्षिक रुपमा ३÷४ लाखको सामाग्रि विक्रि हुने गरेको थियो । अमेरिका, क्यानडा, ब्राजिलसम्म गए । तर पछि आँखा कमजोर भयो त्यति गराउन सकेन् ।’

‘आर्ट नेपालीले भन्दा विदेशीले बढि महत्व ठान्छ । नेपालीले अलि खान, लाउनमा ध्यान गर्छ । अचार स्थानिय भएकाले पनि माग बढि आयो र अचारमा बढि समय दिएको हुँ । म समय मिलाएर दुवै सिपलाई निरन्तरता दिईरहेको छु ।’

तपाईको प्रतिक्रिया