सादा जीवन प्रजातन्त्र सेनानी हुन गोविन्द मल्ल

वुवा मोतिलाल मल्ल मुवा वालकुमारी तिन आमा मध्ये माइलीवाटका ६ भाई मध्ये काइलो छोराको रुपमा २००४ चैत्र १२ गते रामनवमीका दिन हालको वि.न.पा वार्ड कटकुवा नं. १४ गोविन्द वहादुर मल्ल मध्यम परिवारमा जन्मनु भएको हो ।

उहा“को परवाजे गोर्खालीले नेपाल ऐकिकरणमा वि.स.१८४६ मा दैलेखको विलासपुर र सिंतामा राज्य कविला राज्य विलय गराएपछी तत्कालिन गोर्खाली नरेशद्धारा दैलेखको खाली जग्गामा वस्ती सर्न इस्तीहार जारी गरेपछि श्री ५ बाट नै दैलेख खरिगैरा जिमुवाल नियुक्ति भै गण्डकीका विभिन्न स्थानका जनता सहित भद्रविर मल्ल पर्वतबाट सरेर आउनु भएको थियो ।

त्यो समयमा हालको सुर्खेत जिल्ला पनि दैलेखबाट नै प्रशासित रहेको थियो । जिमुवाल वुवा मोतिलाल मल्लले हालको कटकुवा र वुद्धवुदी मौजा रु.५००।– मा खरिद गरी जिमिदारी चलाए कटकुवामा वस्ती आउनु भएको थियो ।

पाँच बर्ष हुँदा आङ्खनै घरमा गुरु लाल वहादुर खडकाद्धारा शिक्षा अध्ययन शुरु गरेर २००५ सालमा श्री ५ को सरकारबाट ने.रा.प्रा.वि.कटकुवा हालको श्रीकृष्ण संस्कृत मा.वि. इत्राम स्विकृत पाएपछी कक्षा–५ त्यही विद्यालयबाट उत्तिर्ण गर्न पुग्नु भएको हो । उहासंग अध्ययन गर्ने पूर्व प्रथम कर्णाली प्रदेशका प्रदेश प्रमुख उपल्लो संदन संसद दुर्गा केशर खनाल अन्य साथी नेत्र रावल, देवीदत्त कोइराला हुनु हुन्थ्यो ।

त्यसपछी अध्ययन गर्न ६ देखी १० कक्षा शान्ति निकुञ्ज मा.वि. वालाजु वनस्थली काठमाडौंबाट २०२१ सालमा एसएलसी उत्तिर्ण गर्नुभएको थियो । त्यहाँपछि हरिचन्द्र इन्टर कलेज वारानसी भारतबाट इन्टर पास गर्नुभएको थियो । अध्ययन सकेर सुर्खेत आएर औलो उन्मुलन कार्यालयबाट सुब्वा सरहको नोकरी सात वर्ष गरी जागिर छोडनु भएको हो ।

२०३५ सालमा भुमिगत रुपमा नेपाली का“ग्रेस पार्टीमा प्रवेश गरि जिल्ला सभापतिको जिम्मेवारी सम्माल्नु भएको थियो । २०३६ सालको जन विद्रोहमा प्रहरीले पक्राउ गरी श्री ५ विरेन्द्रले जनमत संग्रह घोषणापछि सात दिन प्रहरी हिरासतबाट मुक्त हुनुभएको थियो ।

त्यसपछि पनि पार्टी विस्तार गर्न निरन्तरता सुर्खेत जिल्ला भरका लागी रहेर २०४६ को प्रथम जन आन्दोलनमा सहभागी हुँदा पुर्ण वहादुर खडका, मदन भट्ट, लिलाधर गौतम, बालाराम शर्मा, दुर्गाकेशर खनाल उहाँलाई प्रहरीले प्रक्राउ गरी जेल हालेको थियो । श्री ५ विरेन्द्रले दलमाथीको प्रतिवन्ध हटाएर पुनः बहुदलिय व्यवस्था घोष्ँणा गरेपछी जेलबट निकाली प्रहरी भ्यानमा सब्ैलाई प्रहरीले घरघर प¥याएको थियो ।

पुन: वहुदलिय प्रजातन्त्रपछि २०४७ संविधान जारी भएर २०४९ साल स्थानयि निर्वाचनमा हालको वीरेन्द्रनगर–८ दैलेखी चोक पहिलाको वीरेन्द्रनगर–९ बाट वार्ड सदस्य नेपाली कांग्रेसबाट निर्वाचित हुनुभयो । त्यहि बर्ष जिल्ला सुर्खेत जिल्ला परिषद्मा नेपाली कांग्रेस वहुमतबाट जिल्ला सुर्खेत सभापति निर्वाचित हुनुभएको थियो । त्यहि कार्यकाल प्रतिपक्ष एमाले सहमतीमा सुर्खेत जिल्ला मदिरा उत्पादन वितरण गर्न जि.वि.स. सुर्खेत निर्णय गरी मदिरा रहित जिल्ला बनाउन सफल हुनुभएको थियो ।

मल्ल सहकारी कार्यक्रमबाट डेन्मार्क, सिंगापुर प्रजातन्त्रकाल भ्रमण र पंचायत कालमा काठमाण्डौंमा झिटीगुन्टा व्यापारको शिलशिलामा थाईल्याण सात चोटी तिब्वतको लासा पोतला दरवार अवलोकन बसबाट पुग्नुभएको थियो । प्रजातन्त्र प्राप्तपछी एकमाना नेपाली कांग्रेसको सरकार हुँदा पार्टी विभाजन हुँदा सन्त नेता कृष्ण प्रसाद भट्टराई पक्षमा उभिनु भएको थियो ।

२०२६ सालमा तत्कालिन चोल्पा गाउ“पंचाय हाल सिम्ता गा.पा.–९ चोल्पाका प्रेम वहादुर चन्द छोरी स्व ः रत्न देवी मल्लसंग वुवाले मागी विवाह गरी दिनुभएको हो । यो विवाह गर्न सहयोग गर्ने स्व ः मदन भट्ट श्री भानु मा.वि. वजेडिचौर सिम्तामा अध्यापन गराउँदा पहिचानबाट हुन गएको हो ।

उहाँले आफना वुवा मोतीलालद्धारा संकलित दैलेख सुर्खेत सेरोफेरो गित कविता डायरीमा रहेका सुर्खेत शिक्षा क्याम्पसमा पूर्व डिन भाषाविद् पिताम्वर ढकाल द्धारा पुस्तक सम्पादन गरी प्रकाशन गर्न पुग्नुभएको छ ।

हालसम्म वुलवुले वचत ऋण सहकारी संस्था लि. वि.न.पा.–८, गंगमाला सहकारी संस्था भेरीगंगा न.पा. छिन्चु र नेपाली काँग्रेस जिल्ला कार्यसमिती सुर्खेत २०८० बाट सम्मानित हुनुभएको छ ।

एउटा मात्र श्रीमती रत्नाबाट तिन छोरी करुणा जेठी, माईली ममता, कान्छी माया र छोरा ऐक विवेक मल्ल सबै वैवाहिक सम्वन्धमा बाँधिएका छन् । जेठी करुणाले धनगढीको टिकापुर बोर्डिङ स्कुल संचालन र छोरा विवेकले यातायात साधन सञ्चालन पेशा अंगालेका छन् ।

हाल उमेरका कारण सुगर प्रेसर युरिक एसिडको औषधी सेवन गर्नुहुन्छ । हिड्डुल गर्न नसक्ने अवस्था लठ्ठी टेकेर वरपर गर्नुहुन्छ घरभित्र । छोरा वुहारीसंग वी.न.पा.–८ शान्तीनगर चोक घर र कहिले ललितपुर घरमा नाति नातिनासंग बस्ने गर्दै आउनुभएको छ ।

२०४६ को पुनः प्रजातन्त्र प्राप्त पछी सशस्त्र द्धन्द्धका १० वर्ष गणतन्त्र स्थापना २०७२ सालको जन संविधान घोषणापछि २ पटक संघीय, प्रदेश, स्थानीय निर्वाचन शक्ति विकेन्द्रकरण केही हदसम्म गरियो । करिव ३७ हजार निर्वाचित संसदीयमा मोर्चा प्रतिनिधी हुुन गएका छन् । यसरी ठुलो संख्या जनप्रतिनिधीलाई मासिक तलव भत्ता दिँदा राज्य कोषबाट ठुलो खर्च भैरहेको छ ।

त्यस्तै प्रकारले दिँदै जाने हो भने देश आर्थिक रुपले टाट पल्टने सम्भावना बढेको छ । अर्को यो ३५ वर्षे वहुदलिय संसदिय अभ्यासमा एउटा पार्टीको संसदमा बहुमत प्राप्त नहुँदा स्थिर सरकार पाँच बर्ष चल्न सकेको छैन ।

मिलीजुली सरकार बनाउन कमाउ धन्दा हुन गएकोले अब जनताद्धारानै एक बर्ष लागि राष्ट्रपती वा.प्र.म.हुने फेरवदल गर्न नपाइने संसदबाट शंशोधन गरी संविधानमा राख्ने र उपल्लो सदन जाने मानका उपरमान खाने खास काम नभएकोले उपल्लो सदन खारेज गरेर राज्यको ढुकुटी बचाउनु जरुरी रहेको छ ।

संसद मोर्चामा गएका देशका तिनै तहका होल टाइमरलाई मासिक तलव भत्ता दिने अन्यलाई बैठक भत्ता आतेजाते यातायात टिकटको रकम दिने आर्थिक रुपले देशटाट नपल्टाउने रोक्न संवैधानिक व्यवस्था गर्न संसदको बहुमतले वा यि एजेन्टामा जनमत गरी संवैधानिक व्यवस्थपन गर्नु जरुरी छ । भनि दुर सन्देश पनि दिनु हुन्छ ।

तपाईको प्रतिक्रिया