सम्पादकीय : विद्युत प्राधिकरणको लापरवाही

नेपाल विद्युत प्राधिकरण नेपालको आधिकारीक विद्युत प्रशारण निकाय हो । जसले नेपालमा सञ्चालित उद्योगधन्दा, कलकारखाना, मानिसका घरमा आवश्यक बत्ती, फ्रिज, पंखा लगायतका साधनको चलाउने जिम्मा लिएको छ । अथवा सोही विद्युतको माध्यमबाट नेपालीले आफ्ना लागी आवश्यक विद्युत उपभोग गरेर सो प्रयोग गरेवापत प्राधिकरणले तोकेको शुल्क तथा जरिवाना समेत तिर्दै आईरहेका छन् । जुन बत्तिले जीवन सहज बनाएको छ सोही बत्तिले कतिको जीवनमा आम्दानी भन्दा खर्च बढी गराएर उद्योग कलकारखाना घाटामा गएर उद्योगीहरु पलाएन हुने समेत अवस्था बनेको छ । त्यसको कारण भनेको विद्युत प्राधिकरण हो ।

अनियमित विद्युतको कारण भएको क्षतिको जिम्मा पनि कागजको पानामा हामी लिन्छौंं भनेर पनि भनेका छन् तर व्यवहारमा भने ऋणसाहु गरेर उद्योग चलाएका उद्योगीहरु परेका छन् । उद्योगीमात्र नभएर आम नागरिक समेत यसको चपेटामा परेका छन् आवश्यक समयमा बत्ती नहुनु र पटक पटक बत्ति जाने भएकोले सामान्य दैनिक जिवनमा प्रयोग गर्ने सामाग्री समेत दिनहु बत्तिको भोल्टेजका कारण बिग्रिएर क्षति व्यहोरीरहेका छन् ।

तोकेको शुल्क तिरेका उपभोक्ताले आवश्यकता अनुसार विद्युत प्रयोग गर्न पाउनु पर्ने हो तर त्यसो छैन प्राधिकरणका अनुकुल उपभोक्ता चलिदिनुपर्छ । पुरानो जम्मा ३२ केभी प्रसारण लाईनका कारण पनि कर्णालीका उपभोक्ता यो मारमा परेका छन् भनेर प्राधिकरण भनिरहेको छ । विदेशसम्म बत्ति बेचेको र बेच्ने गफ दिएको प्राधिकरणले कर्णालीलाई भने सधैं सौतेनी व्यवहार नै गरेको छ । हावाहुरी, पानी त थियो थियो अलि ठूलो आवाजले कसैले आकाश करायो भन्ने वहाना बनाएर समेत प्राधिकरणले बत्ति काट्छ, ठिक छ काट्ने समयमा त काट्छ बत्ति दिने समयमा त आवश्यकता अनुसार उपभोक्ताले प्रयोग गर्न पाउने अधिकार छैन र ? विद्युतीय माध्यमबाट चल्ने मेसिनरी आईटम विद्युतको पावरका कारण दैनिक मेसिनरी सामानका पार्टस्हरु बिग्रिरहेका हुन्छन् ।

त्यसको क्षतिपूर्ति नेपाल विद्युत प्राधिकरणले तिर्ने कि नतिर्ने ? प्राधिकरण त्यसको जवाफदेही हुने की नहुने ? कि खाली जेनेरेटर, व्याट्री व्याकअप नभई नहुने, बेलामा अनावश्यक बत्ती काटेर बिकास बापतको मोटो कमिसन उठाउने ? संधै प्राधिकरणको बत्ति बनाउने समयमात्र चाहिन्छ भने के नाटक गरेर बत्ति बेच्छांै त बन्द गर तिम्रो झोलीको व्यापार ? कर्णाली संधै कर्णाली भनेर बद्नाम गरेकै छांै ।

बेच बिदेह कमाउ पैसा केही छ र सामाजिक उत्तरदायित्व ? कहिल्यै हामीबाट लिएको नाफाबाट सामाजिक उत्तरदायित्व भन्ने कुरा विद्युत प्राधिकरणले थाहा पाएको छ र ? थाहा पाएको छ त एक महिना ढिला विल भुक्तानी गर्दा २५ प्रतिशत विलम्ब लिने बैंक र वित्तिय संस्थाको भन्दा सयौं गुणा बढी व्याज र हर्जना लिने छुट पाएको प्राधिकरणजस्तो जिम्मेवार हुनुपर्ने निकाय यसरी गैरजिम्मेवार हुन मिल्छ र ?

जिम्मेवार निकाय भनेको प्राधिकरणको गैरजिम्मेवारपूर्ण यो कार्यबाट हुने क्षतिको पूर्ति प्राधिकरणले दिनुपर्छ । उसले सितैमा गाडेका पोलको न भाडा बुझाउँछ न त आफ्नो जग्गा खरिद गरेर पोल गाडेको हुन्छ ? सामाजिक उत्तरदायित्व अन्तरगत वीरेन्द्रनगरमा महसुल नतिरेको भन्दै काटेका बत्तिहरु उसले आफै छिटो भन्दा छिटो बाल्नुपर्छ ।

होईन भने वीनपाको नेतृत्व गर्नेहरुको कमजोर नेतृत्व प्रमाणीत समेत हुन्छ । खाली आफ्नोमात्र बिकासमा ध्यान दिने सामाजिक दायित्व केही छैन र यिनीहरुको यत्ति कुरासम्म समन्वय र आफ्ना जायज कुराहरु सम्बन्धित निकायसम्म समन्वय गरेर टुङ्ग्याउन नसक्नु नेतृत्वको नालायकीपन बाहेक केही होईन ।

तपाईको प्रतिक्रिया