जुम्लामा हिमपात भएको छ । मंगलबार १ बजे देखी हिमपात भएको हो । हिमपात हुदा चिसो बढ्नुका साथै जनजीवन प्रभावित भएको छ ।
हिमपात शुरु भएपछि काममा गएका मानिसहरु फर्किने क्रम भएको छ । यसैगरी हिमपात भएपछि कर्णाली प्रदेश स्तरीय फुटवल खेल मंगलबारका लागि स्थगित भएको छ । खेलाडीहरु चिसो हुन सक्ने अनुमान गर्दै खेल आजका लागि स्थगित गरिएको जुम्ला फुटवल संघका अध्यक्ष भरत बहादुर बुढ्थापाले बताए।
मौसम खरावीका कारण पहिलो टोली जाजरकोट र हुम्लाको भिड्ने तालिका भएपनि स्थगित भएको छ । विहान १२ बजे उद्घाटन भएको प्रदेश स्तरीय पुरुष फुटवल प्रतियोगिता १ बजेबाट निरन्तर हिमपात भएपछि स्थगन गर्नुपर्ने भएको हो । जुम्लामा दिउसो १ बजेदेखी निरन्तर हिउँ पर्न थालेको छ । फुटवल प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका पुर्व सामाजिक विकास मन्त्री तथा जुम्ला प्रदेश (ख) का सांसद टेकराज पछाईले गरेका थिए।चिसोले हिउँ परिरहेको छ ।
जल तथा मौसम विज्ञान फिल्ड कार्यालय जुम्लाका प्रमुख महेश शर्माका अनुसार जुम्लाको मंगलबारको तामक्रम न्यूनतम माईनस माईनस ३.७ र अधिकतम तापक्रम १५.४ डिग्री रहेकोे छ । कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगितामा सहभागी हुन जाजारकोट, हुम्ला , मुगु कालिकोट ,सुर्खेत र जुम्ला गरी छ वटा जिल्लाका टिम दर्ता भएका छन्।
गाेल्डेन बुढा । जुम्ला । १५ फाल्गुन २०८०, मंगलवार १९:२१