सिम्ता, १३ फाल्गुन .
सुर्खेत सिम्ता गाउँपालिका वडा नं ६ काे जामुने वजारमा वेलुकि वाइक र ट्याक्टर ठाेकिदा वाइकमा सवार विरेन्द्र नगरपालिका वडा ३ निवासी वर्ष २९ का विजय रानाकाे घटना स्थलमै मृत्यु भएको छ । जाजरकोट तर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको बुलेट मोटरसाइकल र जामुने वजार देखि राकम तर्फ आउँदै गरेको भे १ त ४५ नम्बरकाे ट्याक्टर वजारमै एकआपसमा ठाेकिएको स्थानीयकाे भनाइ रहेको छ ।
माेटरसाइकल चालक विनपा १ निवासी वर्ष २३ का रुपेश गिरीकाे अवस्था भने चिन्ताजनक रहेको इप्रका वादेपिपल राकमले बताएकाे छ । उपचारका लागि गिरीलाइ अहिले सुर्खेत लगिएको छ । ट्याक्टर , ट्याक्टर चालक भने प्रहरी नियन्त्रणमा रहेको जनाएको छ ।
दुर्गा विसी । सुर्खेत । १३ फाल्गुन २०८०, आईतवार २०:०७