बालविवाह रोक्दै : दलित सञ्जालका किशोरी


जुम्लाको कनकासुन्दी–६ का दलित सञ्जालमा आवद्व किशोरीहरु बालविवाह रोकथाम तथा नियन्त्रणमा अग्रसर देखिएका छन । उनीहरु बालविवाहले भविष्यमा पर्न सक्ने असरका बारेमा अभिभावकलाई सुझाउँछन ।

बालविवाह रोकथाममा लाग्न आग्रह गर्छन । कनकासुन्दरी गाउँपालिका –६ लार्ज गाउँकी सञ्जालकि सदस्य धनदेवी सुनार बालविवाहले अनेक प्रकारका हिंसा फैलिइरहेको बताउँछिन । उनले भनिन,‘सानै उमेरमा विवाह गर्दा शारीरिक अवस्था परिपक्क भएको हुदैन । त्यसैमा बच्चा जन्मन्छ । आमा र बच्चाको अवस्था निकै जोखिम हुने खतरा हुन्छ । शैक्षिक क्रियाकलापमा सहभागि हुन पाउँदैनन ।

कार्यवोझका कारण मानसिक, शारीरिक र संवेगनात्मक हिसावले निकै कमजारे अनुभुति हुनेगर्छ । उनी गाउँवस्तीमा बालविवाह बारे जागरण फैलाउँदैछिन । गाउँमा बालविवाहले निम्त्याएको विकिृतका बारेमा अभिभावकलाई बुझाउँछिन । बालविवाहबाट हुने हानी, कानुनी प्रावधान तथा सजायबारे सर्वसाधारणलाई सचेतना दिन थालेको बताउँछिन् । सानै उमेरमा छोरीको विवाह नगर्न र वुहारी नभित्र्याउनको लागि अपिल गर्छिन ।’ अहिले दलित सञ्जालका किशोरीहरु सामुहिक रुपमा समाजमा थुप्रिएर बसेका सामाजिक कुरीतिका बिषयमा आवाज उठाउन थालेका छन । उनीहरु बालविवाह, छाउपडी प्रथाका बारेमा सचेतना फैलाउँछिन । विभिन्न सडक नाटक,छलफल र घरदैलोका माध्यमबाट अभिभावकलाई सचेत गराइएका छन ।

अहिले गाउँगाउँमा किशोरी सक्रिय हुन थालेपछि केही कमी हुदै आएको स्थानीय बताउँछन।विगत वर्षमा भन्दा कनकासुन्दरीको–६ वडमा बालविवाह रोकिएको पाइएको छ । लालसरा कामीले पुस्ता बदलिदै जादा सोच विचारमा परिवर्तन हुदै आएको आभाष हुन थालेको बताउँछिन ।
उनले भनिन् ‘कतिपय हाम्रै साथीको विवाहको कुरा चलिरहेको थाहा पाएपश्चात हामीले रोकेका छौं । रोक्छौं पनि ।’ उनले आफूहरूको अभियानमा वडा कार्यालय र प्रहरीले पनि सहयोग गरिरहेको बताइन् । बुबा पुस्ताले अब समय संगै परिवर्तन हुदै जानु पर्ने धारणा राख्न थालेका छन । छोरा पुस्ता वा हाम्रो पुस्ताले अहिलेको सबै विकृतिजन्य क्रियाकलापको अन्त्य चाहन्छन । पुस्ता बदलिदै जादा समाजमा जरा गाडेर बसेका कुरीति पनि सुधार हुदै जान थालेको छ ।

पहिले गर्भमै हुँदा छोरी दिने चलन हटेको छ।लालसराले भनिन्,‘अव समाजमा सचेतना पुगिसकेको छ । कानुनका कुरामा कडाइ गर्न जरुरी छ । पहिले सानै उमेरमा विवाह गर्नुपर्छ भन्ने थियो । अहिले उमेर नपुगि विवाह गर्न मिल्दैन भन्न थालिएको छ ।

उनले भनिन्,‘समाजको सोच बदल्न हामी किशोरी लागि परेका छौँ । अब सबैले साथ सहयोग गर्नुपर्छ । सभ्य समाज निर्माण अवश्य हुनेछ ।प्लान नेपालको आर्थिक सहयोग तथा क्याड नेपाल जुम्लाले सिकाउन थालेपछि यहाँका किशोरी समाजको नेतृत्व दावी गर्न थालिसकेका छन । अर्की दलित सञ्जालकि सदस्य वैशाकि वडले भनिन्,‘अब यो समाज परम्परागत रुढीबादी मानसिकता भएकाले चलाउने होइन ।

अब नयाँ बिचार, नयाँ सोच र नयाँ नयाँ अनुभव बटुलेकाले मात्र चलाउन सक्छन । यो उदाहरण हामी दिन चाहन्छौँ ।पहिले मागेर बालविवाह हुन्थ्यो,अहिले प्रविधिको दुरुपयोग गरेर भागेर विवाह गरिन्छ ।अहिले गाउँवस्तीमा किशोरीको सक्रियता बढेपछि कुरीति जन्य क्रियाकलाप न्युनिकरण भएका छन । उनीहरुल उमेर नपुग्दा सम्म विवाह नगनेए अडान अभिभावक बिचमा गर्न थालेका छन । उमेर नपुग्दै विवाह गर्नु जीवनको वर्वादी मात्र हो ।

आर्थिक सामाजिक, शारीरिक हिसावले कमजोर हुनु हो । वैशाकीले भनिन्,‘परिपक्क उमेरमा विवाह गरौँ । परिपक्क सन्देश छरौँ भन्नेतिर लागेका छौँ । झकिशोरी सक्रिय हुन थालेपछि विकृति भाग्न थालेको आभाष भइरहेको छ । जुम्लामा रणनीतिक योजनाको आधारमा बालविवाहविरुद्ध विभिन्न क्रियाकलाप गरिँदै आएका छन् ।

‘बालविवाह रोक्नका लागि सबैभन्दा ठूलो कुरा जनचेतना हो,’दलित सञ्जालका अध्यक्ष तारा सार्कीले भने, ‘हामी अहिले व्यापक रूपमा सचेतना फैलाउने काममा लागेका छौं,’ उनले भने,‘१ देखि ८ वडासम्म दलित सञ्जाल गठन गरेको बताए । कानुनी कुराको र बालविवाहले पार्ने सामाजिक आर्थिक, मानसिक लगायतका असरबारेमा कुरा गर्छौं ।’ हामी जसरी पनि बालविवाह रोक्नुपर्छ भनेर लागेका छौं ।’

तपाईको प्रतिक्रिया