काँग्रेस संसदीय दलका नेता शाहीको स्टाटसले कर्णालीमा हङ्गामा

सुर्खेत, ४ फागुन ।
कर्णालीमा सत्तारुढ दलहरूबिच बढेको असन्तुष्टि सतहमा आएको छ । बिहीबार साँझ पूर्व मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सामाजिक सञ्जालमा एक कर्णालीमा अराजकता पैदा भएको कुरा सामाजिक सञ्जालमा लेखेसँगै सरकारबीच खटपट सुरु भएको बुझिएको छ ।

साथै उनले कांग्रेस सरकारबाट बाहिरिनु उपयुक्त भएको पनि उल्लेख गरेका छन् । साथै उनले सोही बमोजिम कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले व्यवस्था गर्दा उपयुक्त हुने पनि बताएका छन् । शाहीको उक्त भनाइसँगै कर्णाली सरकारमा हलचल हुने सङ्केत देखिएको छ । कांग्रेस कर्णालीको प्रमुख सत्ता साझेदार दल हो ।

कांग्रेसले अर्थ, सामाजिक र उद्योग गरी तीन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको छ । यसअघि शाहीले मुख्यमन्त्री राजकुमार शर्मा र अर्थमन्त्री बेदराज सिंहलाई आफ्नै निवासमा बोलाई सरकारको कामकारबाही सही ढङ्गले अघि नबढेको र कार्यशैली नसुध्रिए सोच्न बाध्य हुने चेतावनी समेत दिएका थिए ।

तपाईको प्रतिक्रिया