संघर्ष बिना जीवन छैन भन्ने कैलाश पुन मगर यो संसार असफलताहरुको लागि नै भएको बताउँछन् । उनले भने, ‘असफलता हुनेहरुले संघर्ष भने गर्न छोड्नु हुँदैन यो संसार असफलताहरुकै लागि हो ।’ सल्यान जिल्ला बागचौर नगरपालिका–४ घर भएका कैलाश पुन निजामति कर्मचारी हुन् । उनी अहिले कृषि ज्ञान केन्द्र अछाममा कार्यरत छन् ।
कैलाश भारतको उत्तराखण्डमा जन्मिएका हुन् । कैलाशका बुबा खड्कबहादुर पुन हुन् भने आमा झुमी पुन हुन् । उनका बुबाआमा कामको शिलशिलामा भारतमा रहेकोबेला कैलाशको २०५६ साल असार १० गते जन्म भएको थियो ।
कैलाश सानै भएका कारण नेपाल कहिले आए त्यो त थाहा पाउँदैनथे । उनको बुबाआमाले भनेका थिए । कैलाश एक वर्षको हुँदा नेपाल आएका थिए रे । उनी सल्यान आएपछि केहि बर्षपछि गाउँकै श्री सरस्वती माध्यमिक विद्यालयमा एक कक्षामा भर्ना भएका थिए । उनले सरस्वती माध्यमिक विद्यालयमा ३ कक्षा सम्म पढेका थिए । उनलाई ३ कक्षामा पढ्दाको क्षण अझै पनि याद छ । उनी ३ कक्षामा तीतृय भएका थिए । केहि वर्ष पछि गाउँमा बोर्डिङ् स्कुल स्थापना भएपछि उनी फेरी एलकेजीबाट बोर्डिङ् स्कुल पढ्न थाले ।
उनी एलकेजीमा पढ्दा स्कुल नै प्रथम भएका थिए । उनको पढाई राम्रो भएका कारण ग्रेड बृद्धि गरी एक कक्षा मा भर्ना गरिएको थियो । पढाई राम्रो भएकाले उनलाई ग्रेड बृद्धि गरिँदै उनी ५ कक्षासम्म पुगेका थिए । बोर्डिङ् स्कुल ५ कक्षा सम्म मात्र भएकाले फेरी उनी सरकारी विद्यालयमा ७ कक्षामा भर्ना भएका थिए । ५ कक्षासम्म राम्रो भएको कैलाशको पढाई सरकारी विद्यालयमा भने त्यति राम्रो भएन् ।
उनलाई ९ कक्षामा गणित विषय लाग्यो । दुई विषय लागेकालाई त्यस बेला विद्यालयमा पास गराउने नियम थियो । त्यसैले पनि कैलाश १० कक्षा पढ्न पाए । उनलाई गणित नै लाग्यो तर उनले ऐच्छिक गणित नै लिएर पढे । १० कक्षामा गएपछि राम्रोसँग पढ्नुपर्छ भन्ने त थियो नै उनलाई । २०७१ सालमा उनले एस.एल.सि. दिए । उनको मनमा थियो कि ऐच्छिक गणित लाग्छ भन्ने तर ऐच्छिक गणितमा उनी जस्ट नम्बर लिएर सेकेन्ड डिभिजनमा २०७२ सालमा पास भए ।
पास भएपछि के पढ्ने भन्ने त भयो, उनको चाहना भने एच.ए. पढ्ने थियो । उनले परिवारमा एच.ए. पढ्ने कुरा पनि राखे । तर उनको बुबाआमाले उनलाई मात्र पढाउनु थिएन् । कैलाशका एक भाई एक बहिनी पनि छन् । परिवारमा आर्थिकले धान्न नसकिने भएर उनको परिवारले अन्य विषय नै पढन् आग्रह गरेका थिए । उनको बुबाआमालाई लागेको थियो कि एक सन्तानलाई धेरै रकम खर्च गरेपछि दुई सन्तानलाई कसरी पढाउँने ।
कैलाशको परिवारमा रोजगारी र आयस्रोत केहि नभएकाले आर्थिकको समस्या त थियो नै । त्यसैले पनि कैलाशको कुरा उनको बुबाआमाले स्वीकार्न सकेनन् । उनलाई १५ महिने सियामए पढन् भनिएको थियो तर उनलाई त्यो पढ्न मन थिएन् । उनी सियामए पढ्न भनी पाल्पा गए । एच.ए. पढ्ने भन्दा पैसा धेरै लाग्छ भनि पढ्न नदिएको भएर पनि उनको दिमागमा नराम्रो कुरा खेल्ने गथ्र्यो । पाल्पामा पनि उनी सिएमएमा छात्रवृत्तिमा नाम निस्केपछि मात्र सिएमए पढ्छु भन्ने भयो । उनी पाल्पाको तानसेनमा रहेको कलेजमा सिएमएको इन्ट्रान्स पनि दिए तर कैलाशको नाम वैकल्पिकमा निस्कियो । कैलाशलाई आफुले सोचेको विषय पढ्न नपाउने भएपछि निराश भए । उनी घर फर्किदै गर्दा बुटवलमा एक जना साथीसँग भेट भए ।
उनको साथीले भने बुटवलमै एच.ए. पढ्दै थिए । उनले आफ्ना कुरा साथीलाई भने । साथीले सिएमए नपढे पनि कृषि जेटिए पढ्न उनलाई आग्रह गरेका थिए । साथीकै आग्रहले उनले १५ महिने कृषि जेटिए पढे । उलने कृषि जेटिए पढ्दै गर्दा ३ बर्षे कोर्षमा पनि भर्ना गर्ने इच्छा जाग्यो कैलाशलाई । ३ वर्षे कोर्षको लागि छात्रवृत्तिमा नाम निकाल्ने इच्छा भएको कैलाशलाई त्यहा पनि वैकल्पिकमै नाम आयो । आर्थिक अभावकै कारण कैलाशलाई स्कलरसिपमा नाम निकाल्नु थियो ।
तर पनि पैसा तिरेर उनले ३ वर्षे कोर्षमा भर्ना भए । पहिलो वर्षमा नै उनलाई विषय लागेको थियो । उनी घरमा फर्किए । आफुले पढेको विषय लाग्दा उनी निराश थिए । घरमा आएपछि उनी न कोहि सँग बोल्थे त न गाउँघरमा नै जान्थे । विषय लागेकाले पनि उनले पढाई प्रतिको महत्व बुझ्दै गए । २०७६ सालमा उनले ३ वर्षे कोर्ष पनि पास गरे ।
जागिरको लोपमा ठगिएका थिए
२०७७ साल साउन÷भदौको महिनामा कैलाशका गाउँकै एक जना साथी दार्जिलिङ्मा थिए । उनले नै कैलाशलाई जेटिए सम्बन्धिको काम मिलाईदिन्छु भन्दै बोलाएका थिए । उनलाई दार्जिलिङमा हिन्दी भाषा बोल्नुपर्छ होला आउँदैन समेत भने । तर उनका साथीले उनलाई नेपाली भाषामा नै काम गर्नुपर्छ भने पछि उनलाई जान इच्छा जाग्यो र उनको परिवारले विश्वास नमानेकाले कैलाशका बुबाआमा उनको साथीको घरसम्म बुझ्न गएका थिए ।
उनको साथीको घरमा राम्रै कमाई छ पैसा पठाईरहेको छ भनेपछि त्यहि विश्वासले कैलाशका बुबाआमाले कैलाशलाई दार्जिलिङ पठाउँने निर्णय गरे । उनको साथीले कैलाशलाई महिनाको ४०÷४५ हजार रुपैयाँ कमाई हुन्छ भनी बोलाएका थिए । त्यहि लोपमा गएका थिए कैलाश दार्जिलिङ । उनीलाई जाँदै गर्दा फराकिलो पिज गरेको बाटोमा खुब आनन्द पनि आयो । उनको मन चङ्गा जस्तो भयो । उनलाई दार्जिलिङबाट लिन झापामा आएका थिए उनका साथी । उनी जस्ता हजारौ व्यक्तिलाई लिन दार्जिलिङबाट आएका रहेछन् ।
त्यहाँ कैलाश मात्र थिएनन् उनी जस्ता अन्य व्यक्तिलाई जागिर मिलाईदिन्छु भन्दै ठगिएको थियो । मनमा जागिर गर्न आएको खुशीमा केहि निराश पन पनि । उनलाई एक होस्टेलमा लगिएको थियो । बाहिर धेरै जनाको चप्पल देख्दा उनको मन आत्तिन्थ्यो पनि । के काम हो ? कहाँ हो भनेर सोध्ने पनि गर्थे कैलाश । कोठामा बस्न, सुत्न समेत समस्या थियो । बुबाआमाको सपना पुरा गर्ने उद्देश्यले दार्जिलिङ पुगेका कैलाश आफु ठगिएको थाहा पाएपछि दुई हप्तामा उनी दशैको निउ पारी घरमा फर्किएका थिए ।
आयोग पढ्न काठमाडौं पुगे
सानै उमेरमा धेरै समस्याबाट गुज्रिएका कैलाशलाई घरमा आएपछि पनि बस्न मन लागेन् । घरमा बसेको एक हप्तामै उनी काठमाडौं गए । आयोग तयारी गर्छु भनि उनी काठमाण्डौ पुगेका थिए । दुई महिना बढि उनले आयोगको कक्षा पनि लिए । कोरोनाले गर्दा आयोग पनि खुलेन र कक्षा पनि संचालन भएनन् । उनी फेरी काठमाडौंबाट पनि घर फर्किनु प¥यो ।
घरमा बसेको केहि महिनापछि उनी आफ्नो भाईको भर्ना गर्न भनि एक विद्यालयमा गएका थिए । त्यसबेला डोल्पामा करार कर्मचारी विज्ञापन खुलेको छ भनि त्यहाँ भाईको भर्ना गर्न गएको बेला विद्यालयकै शिक्षकले कैलाशलाई भने । ६ जनाको कोटामा ३ नम्बरमा कैलाशले डोल्पामा करारमा नाम आयो । करार कर्मचारी रहेर काम गर्न उनले त्यति उचित भने मानेन् । करार कर्मचारीलाई सेवाग्राहीले हेर्ने नजर फरक थियो । कार्यालयमा प्रायः धेरै काम पनि करार कर्मचारीले नै गर्नुपर्ने त्यसैले पनि लाग्यो कैलाशलाई सरकारी कर्मचारी नै हुनुपर्छ ।
किताब बोकी फिल्डमा जाँदा
कैलाश फिल्डमा जाँदा किताब बोकी जाने गर्थे खाली समय भयो कि किताब हेर्न सुरु गर्थे । एउटा कोठामा ६ जना बस्ने गर्थे । उनी कहिले बाहिर आएर पढ्ने गर्थे त कहिले कार्यालयको कोठामा । एक पटक कक्षा लिएका कैलाशलाई फेरी कक्षा लिनु भने परेन । कक्षा लिनलाई उनलाई समय पनि थिएन् । उनी किताब भन्दा आधिकारीक स्रोतबाट बढि ज्ञान लिने गर्थे । आधिकारीक स्रोतको पिडिएफ डाउनलोड गरी ज्ञान लिने, अध्ययन गर्ने गर्थे ।
२२ पटक दिएका थिए परीक्षा
२२ पटक लोकसेवा आयोगमा परीक्षा दिएको कैलाशको नाम २३ औं पटकमा नाम निस्कियो । उनले २०८० सम्मको विज्ञापनमा परीक्षा दिने सोच बनाएका थिए । यदि २०८० सम्मको विज्ञापनमा नाम नआए विदेश जाने सोच थियो कैलाशको । तर २०८० का कुनै पनि विज्ञापनमा परीक्षा भने दिनु परेन् कैलाशले । २०७९ मा लुम्बिनी प्रदेश लोकसेवा आयोगले लिएको कृषि पाँचौ तहमा २३ जनाको कोटामा २२ नम्बरमा उनको नाम आयो ।
कैलाशले सुदुरपश्चिम प्रदेशले खुलाएको कृषि, बालि संरक्षण, प्राविधिक सहायक पाचौं तहको पनि परीक्षा दिएका थिए । त्यहाँ पनि उनको १ नम्बरमा नाम आयो । २०८० कार्तिक २२ गते भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सुदुरपश्चिम प्रदेश धनगढीमा उनले नियुक्ति लिएका थिए ।
सरकारी सेवामा प्रबेश गरेपछि
केहि जागिर नहँुदा उनलाई गाउँघरले हेर्ने नजर र विश्वास गर्दैनन् होला भन्ने लाग्थ्यो । सरकारी कर्मचारी भएपछि एउटा आफुलाई चिनाउने परिचय भएको जस्तो लाग्छ कैलाशलाई । आफुमा ज्ञान थियो तर कोहिलाई सम्झाई, बुझाई गर्नलाई उनीमा त्यस्तो केहि विश्वासिलो आधार भने थिएन् । त्यो आधार प्राप्त गरेको कैलाश बताउँछन् । आफुले यो सफलता प्राप्त गरेकोमा परिवारकै साथ, सहयोग रहेको बताए ।
कल्पना ढेङ्गा मगर । सुर्खेत । १६ माघ २०८०, मंगलवार ०८:४७