महिला अधिकार केन्द्र मुगुले २९ जना आगालागि पिडित परिवारलाई राहत प्रदान गरेको छ ।
गत असोज ६ गते राति विद्युत सर्ट हुँदा भएको आगलागीका पिडित छायाँनाय रारा नगरपालिका–१ का बिनित मल्ल ,रत्न बढुवाल लगायतलाई महिला अधिकार केन्द्र मुगुले राहत प्रदान गरेको हो । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसी, छायाँनाथ रारा नगरपालिका – १ मुगुका अध्यक्ष पदम राज मल्ल र पत्रकार महासंघ शाखा मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लको समन्वयमा २९ अग्नी पिडित परिवारलाई राहत प्रदान गरिएको महिला अधिकार केन्द्र मुगुका अध्यक्ष सुकमाया शाहीले बताइन् ।
उनले भनिन्, ‘प्रतिपरिवारलाई फाइवर २९, डस्ना २९, तन्ना २९, सिरानि २९, सिरानिको खोल २९,चामल २९ प्याक, दाल ८७ केजी र बाटा २९ वटा पाएका छन् । करिब चार लाख रुपैयाँ बराबरको राहत दिइएको छ । टेवा नेपालको आर्थिक सहयोग छ ।
राहत मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसी, छायाँनाथ रारा नगरपालिका–१ मुगुका अध्यक्ष पदम राज मल्ल र पत्रकार महासंघ शाखा मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले आगालागि पिडितलाई हस्तान्तरण गरेको शाहीले बताइन् ।
गत भदौ ६ गते राति मुगुमा भएको आगलागीबाट चार करोड १९ लाख ६ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो । आगलागीबाट आठ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए ।
गाेल्डेन बुढा । जुम्ला । ४ मंसिर २०८०, सोमबार १६:४०