रुकुमपश्चिमको एक होटलमा महिला मृत फेला

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटको एक होटेलमा एक महिलाको शव फेला परेको छ । मुसिकोट नगरपालिका १ खलंगा बजारमा रहेको होटल सत्कारमा एक महिला मृत अवस्थामा भेटिएकी हुन् । मृतकको पहिचान भने खुलेको छैन । होटलको कोठा नम्बर १ मा महिलाको शव भेटिएको हो ।

प्रहरीका अनुसार त्रिवेणी गाउँपालिका ठेगाना भएका विकास केसीको नामबाट गत आइतबार होटलको कोठा बुक भएको देखिन्छ । सिरकले शव छोपेको अवस्थामा महिलाको शव रहेको छ ।

घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली आउने भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार नेपाल प्रहरीको केनाइन कुकुर शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर र प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धान टोली आउन लागेको हो । कुकुरसहितको टोली आउन लागेकोले शव नचलाइएको र होटलमै सुरक्षा दिइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!