‘एमालेको मिशन ०८४ः हरेक वडा ५१ प्रतिशत एमाले’

सुर्खेत ।

‘समय छ अहिले देखि नै लाग्नुस् । हरेक वडामा ५१ प्रतिशत एमाले । यहि नै हो एमालेको मिशन ०८४’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने, ‘विकास हामीले गरेका छौँ । नागरिकलाई त्यो बुझाउनुस् ।’

पार्टीको कर्णाली प्रदेश अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेता ओलीले नेपालमा कम्युनिष्ट पार्टी भनेको एमाले मात्र रहेको दावि गरे । एकिकृत समाजवादीमा रहेका कार्यकर्तालाई समेत उनले एमालेमा फर्कन आह्वान गरे ।

उनले भने, ‘हाम्रा कार्यकर्ताले अव आफ्नो घरमा पनि सम्झाउनु पर्छ । आफुलाई एमाले भन्ने तर छोराछोरी अर्कै पार्टीमा रहेको कसरी हुन्छ । पहिला घरमा सम्झाउनुस् ।’

तपाईको प्रतिक्रिया