एशियाली खेलकूदका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं ।
एशियाली खेलकूद प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली घोषणा गरेको छ । क्यानले शुक्रबार रोहित पौडेलको नेतृत्वमा नेपाली टोली घोषणा गरेको हो । एशियाली खेलकूदका लागि विनोद भण्डारी र अविनाश बोहरा राष्ट्रिय टोलीमा फर्किएका छन् ।

यसअघि राष्ट्रिय टोलीमा रहेका आरिफ शेख र भीम सार्कीलाई विश्राम दिएको छ।  दुवै जनाले एशिया कपमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीमा करण केसी, प्रतिस जीसी, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेककुमार यादव, अविनाश बोहरा र सन्दीप लामिछाने छन् ।

एशियाली खेलकूद प्रतियोगितामा नेपाल रहेको समूह ‘बी’ मा जापान र कम्बोडिया छन् । नेपालले समूह चरणमा असोज १० मा जापानसँग र असोज १४ मा कम्बोडियासँग प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया