काठमाडौँ ।
एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत भारतसँगको खेलमा पाकिस्तानले टस जितेको छ ।
श्रीलङ्काको कोलम्बोमा टस जितेर पाकिस्तानका कप्तान बाबर आजमले पहिला बलिङ गर्ने निर्णय गरेका छन् । भारतले केहीबेरमा ब्याटिङ थाल्नेछ ।
भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दोस्रो खेल हुनेछ । सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो । पाकिस्तानले ’सुपर फोर’ को पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो । भारतले ‘सुपर फोर’ को पहिलो खेल खेल्न लागेको हो ।
आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा ‘रिजर्भ डे’ राखिएको छ । आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ । सुपर फोरमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्लादेश छन् ।
युग संवाददाता । । २४ भाद्र २०८०, आईतवार १५:१९