खेलाडी र प्रहरीलाई सम्मान

सुर्खेत ।
सुनचादी व्यवसायि संघ, सुर्खेतले खेलाडी नन्दा बस्याल र जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा कार्यरत प्रहरी निरिक्षक झरणा सोनारलाई सम्मान गरेको छ ।

अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि स्वर्ण पदक विजेता नन्दा बस्याललाई संघले सम्मान गरेको हो ।

त्यसैगरी कन्चनपुरको भिमदत्त नगरपालिका–१८ स्थायी ठेगाना रहेकी झरणा सोनार प्रहरी निरिक्षक पदमा कार्यरत रहेको भन्दै सम्मान गरिएको संघका महासचिव मोहन सुनारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया