एमाले निकट राष्ट्रिय युवा संघ कर्णालीको अध्यक्ष पदमा जीवन शाही चयन

सुर्खेत ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ कर्णाली प्रदेशको अध्यक्ष पदमा जीवन शाही चयन भएका छन् ।
६ गतेदेखि वीरेन्द्रनगरमा सुरु भएको राष्ट्रिय युवा संघ कर्णालीको प्रथम अधिवेशनबाट दैलेखका शाही अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । शाही यसअघि युवा संघ दैलेखका अध्यक्ष थिए ।

यस्तै, संघको उपाध्यक्षमा कालीकोटका गणेश शाही, सचिवमा सुर्खेतका पिटर चुनारा, सह–सचिवमा जुम्लाका बद्री बोहोरा र सल्यानका नवराज शाही चयन भएका छन् । कोषाध्यक्षमा हुम्लाका मोहन बुढा चयन भएका छन् ।

भदौ ६ गते उद्घाटन भएको अधिवेशनमा आइतबार बिहानमात्रै पदाधिकारीको टुंगो लगाइएको हो । अध्यक्ष पदमा सुर्खेतका कमल खड्का, कमल विसी, लोकेन्द्र गौतम लगायतको दाबी थियो।

तपाईको प्रतिक्रिया