लागूऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना चेक पोष्ट स्थित चेकिङमा खटिएको प्रहरीको टोलीले दुई जनालाई पक्राउ गरेको छ ।

दाङ बाट जुम्ला तर्फ आउदै गरेको क १ ख १० नम्बरको ट्रक चेक जांच गर्ने क्रममा पक्राउ परेको हो ।
पक्राउ पर्नेमा उक्त ट्रक चालक दैलेख जिल्ला गुरासँ गाउँपालिका–३ बस्ने २७ वर्षीय हरि खत्री र सोही ठेगाना बस्ने सह–चालक २२ वर्षीय टोप्रेन्द्र शाहि रहेका छन् । उनीहरुलाई शंका लागी चेकजाचं गर्दा लागुऔषध भेटिएकोे हो ।

चेकजाचंका क्रममा ट्रक चालक बस्ने सिट माथि मिटर बोर्ड भित्र लुकाई छिपाई राखेको १ पुडिया (नापतौल गर्न बाँकी) अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएकोे छ ।

तपाईको प्रतिक्रिया