सुर्खेत ।
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले भदौ महिना भित्र नितिगत सबै काम गरि सक्न मन्त्रालयका सचिव सहित मातहतका सबै महाशाखा प्रमुहरुलाइ दिएका छन् ।
मन्त्रालयको आयोजनामा समसामयिक तथा भावि कार्यदिशा विषयक छलफलमा मन्त्री शर्माले भदौ महिना भित्र निति नियमावली तथा निर्देशिकाका काम सबै गरि सक्न निर्देशन दिएका हुन् ।
मन्त्रालयबाट गरेका काम नागरिक संग जोडिने भएकोले यसको जवाफदेहीता मन्त्री हुने भएकाले तथ्यमा आधारित भएर कार्यसम्पादन गर्न निर्देशन दिए ।
उनले भने ‘गुनासो सानो होला तर यसले जिम्मेवार बन्न र जवाफदेही बनाउन सहयोग गर्ने भएकोले यसमा कसैले हिनताबोध नगरी जिम्मेवारी बन्न तयार हुनुपर्छ, अहिले तालिम ठुलाठुला होटेल र लजमा गर्ने बानीको विकासलाइ हेरफेर गर्न आवश्यक देखिएकाले अब कृषि र पशु क्षेत्रका तालिम निश्चित निर्धारण गरी किसानकै कार्यस्थलमा तालिम सञ्चालन गर्नेछौँ’।
मन्त्री शर्माले कर्णाली प्रदेशको कृषि कर्म र किसानको जीवन शैली र रैथाने वालीको हालको अबस्था र भावी कृषि रणनिति निर्माणमा पनि सघाउने भएकाले प्रदेशमा कृषि र पशुको रैथाने जातको संरक्षण गर्न कर्णाली कृषि प्रदर्शनी केन्द्र निर्माणमा जोड दिएका छन् ।
युग संवाददाता । । ७ भाद्र २०८०, बिहीबार १४:४३