झुठा प्रचार गरेको भन्दै एकीकृत समाजवादी सुर्खेतको गम्भीर ध्यानाकर्षण


सुर्खेत ।

नेकपा (एकीकृत समाजवादी) सुर्खेत जिल्ला कमिटी एमालेमा समायोजन भएको प्रचार निराधार र झुठ्ठा भएको बारे जिल्ला पार्टी सुर्खेतले गम्भीर ध्यानाकर्षण गरेको छ ।

बुधवार नेकपा (एकीकृत समाजवादी) पार्टी अध्यक्ष मोहनसिंह वडुवाल सहित केहि अवसरवादी प्रकृतिका व्यक्तिहरु एमालेमा प्रवेश गरेका र केहि व्यक्तिले एमालेमा प्रवेश गरेको तर सिंगो टिमले भने एमालेमा प्रवेश नगरेको भन्दै नेकपा एकीकृत समाजवादी सुर्खेत जिल्ला कमिटीले विज्ञप्ति जारी गरेको छ ।

साथै एमालेले झुठा प्रचार गरेको संख्या गलत रहेको नेकपा (एकीकृत समाजवादी) सुर्खेत जिल्ला कमिटीले जनाएको छ । उक्त गलत प्रचारको भ्रममा कुनै पनि नेता,कार्यकर्ता तथा समर्थक शुभचिन्तक भ्रममा नपरी दूर्दताकासाथ पार्टीको पक्षमा लागि पर्न हार्दिक अपिल गर्दछौँ । जिल्ला कमिटी सुर्खेतका उपाध्यक्ष टोपबहादुर रास्कोटी र सचिव शिवप्रसाद उपाध्यायले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया