सुर्खेत ।
कर्णाली प्रदेशको नीति तथा योजना आयोगको सदस्य पदमा जीतबहादुर शाहलाई कर्णाली सरकारले नियुक्त गरेको छ ।
कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८० भदौ ३ को निर्णयानुसार कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ३ को उपदफा (२) को खण्ड (ग ) बमोजिम कर्णाली प्रदेश योजना आयोगको सदस्य पदमा नियुक्ति गरिएको हो ।
कुमाख गाउँपालिका कालागाउँ–५, सल्यानमा स्थायी घर भएका शाहलाई कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्य पदमा नियुक्त गरेको छ । नवनियुक्त सदस्य शाहले चार जिल्लाको जिल्ला शिक्षा अधिकारी, राष्ट्रिय परीक्षा बोर्ड कर्णालीको निर्देशक र सुर्खेत मेडिकल कलेज पूवाधार विकास निर्माण आयोजनाका प्रमुख समेत रहेर काम गरिसकेका छन् । शाह शिक्षा प्रशासन क्षेत्रका बौद्धिक र इमान्दार छवि बनाएका व्यक्तित्व हुन् । उनीसंग १० वर्ष शिक्षण पेसामा आबद्ध रहेर काम गरेको अनुभव पनि छ ।
युग संवाददाता । । ७ भाद्र २०८०, बिहीबार ११:३७