कर्णाली प्रदेशमा वन रक्षक पदको जागिर खुल्यो

सुर्खेत, ३० साउन ।
वन सेवा जनरल फरेष्टी समूह प्राविधिक तर्फको तह विहिन वन रक्षक पदमा जागिर खुलेको छ । कर्णाली प्रदेश लोकसेवा आयोगले खुल्ला विज्ञापन आव्हान गरेको छ । कर्णाली प्रदेश सरकार अन्तर्गत विभिन्न कार्यालयहरुमा रिक्त रहेको पदका लागि खुल्ला विज्ञापन आव्हान गरिएको छ ।

वन जनरल, फरेष्टी वन रक्षक खुल्लामा २९ जना, महिला ८ जना, आदिवासी जनजाति ६ जना, मधेशी ५ जना, दलित २ जना, अपाङ्ग १ जना, पिछडिएको क्षेत्र १ जना गरी ५२ जनाका लागि आवेदन माग गरिएको छ । आवेदन पेश गर्ने अन्तिम मिति २०८० भदौं १८ गते र दोव्वर दस्तुतबाट २०८० भदांै २५ गतेसम्म १८ बर्षपुरा भई ३५ बर्ष ननाघेका व्यक्तिहरुले आवेदन पेश गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया