नेरा माविमा हाइजेनिक सेनेटरी प्याड मेसिन जडान

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (डाँडा स्कुल) मा हाइजेनिक सेनेटरी प्याड भेन्डिङ मेसीन जडान गरिएको छ । मंगलबार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले सामुदायिक विद्यालयलाई सुरक्षित महिनावारीका सामाग्रीयुक्त बनाउने अभियान अन्तर्गत मेसिनको सुभारम्भ गरेकी हुन् ।
महिनावारी हुँदा विद्यालयमा छात्राहरुले समस्या भोग्नु नपरोस भन्ने उद्देश्यले जडान गरिएको मेसिनले छात्राहरुको महिनावारी स्वच्छता व्यवस्थापनमा सहयोग पुग्ने प्रमुख ढकालको भनाई छ ।


एक पटकमा ६० वटा प्याड हुने उक्त मेसिनबाट छात्राले चाहेको समयमा कार्ड सिष्टमबाट प्रयोग गर्न सक्ने बताउँदै ढकालले मेसिनको सहि सदुपयोग र दिगो व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन ।

पहिलो चरणमा मेसिन जडान गरिको र अर्को चरणमा प्रयोग भएका प्याड नष्ट गर्ने मेसिन जडान गर्ने ढकाललले प्रतिवद्धता जनाईन । प्रमुख ढकालले कक्षा कोठाको अनुगमन गर्नुका साथै शिक्षाको गुणस्तरका बारेमा आनकारी लिएकी थिइन । हाइजेनिक सेनेटरी प्याड मेसीन जडान भएसँगै नेरा माविका झण्डै चार सय छात्रा विद्यार्थी लाभान्वित हुने विद्यालयकी नर्स सञ्जु पौडेलले जानकारी दिइन ।

तपाईको प्रतिक्रिया