रारा तालकाे साैन्दर्यतालाई गिज्याउँदै छाडा पशु चौपाया

राज्यश्वोर मल्ल/मुगु । छाडा पशुचौपायले राराको सुन्दरतामाथि आँच आएको छ । यो समय रारा वरपर कुनैबेला ढकमक फुल फुल्थे र राराको सौन्दयता झनै लोभ लाग्दो हुन्थ्यो । तर छाडा पशुचौपायाले रारामा फुल फुलेका छैनन,भने फोहोरले तालवरपर दुर्गन्धित बनेको छ ।
रारा तालमा घुम्न आउने पर्यंटकले यस लाई स्वर्गको टुक्रा भन्ने गरेका छन ।

प्रकृतिको वरदान, सुन्दर राराताल पर्यटकको आर्कषणको केन्द्र बन्र्दै गएको छ । रारा ताल आसपासमा फुल्ने बिभिन्न किसिमका फुलहरुले राराको सौन्र्दयता थप मनोमहक देख्न्थ्यिो । तर यो समय फुल फुल्ने समयमापनि रारामा त्यस्ता बिभिन्न फुलहरु देखन सकिदैन । कारण हो छाडा पशुचौपाय । यहि रारा तालमा छाडा पशुचौपायले गर्दा रारा तालको सौन्दर्यता माथि आँच आएको छ ।

रारा ताल वरपर फुल्ने बिभिन्न किसिमको फुलले रारा तालको सौन्दर्यता बढाएको थियो । तर छाडा छोडिएका पशुचौपायले रारा तालमा फोहोर मात्रै गरेका छैन । ढकमक फुल्ने फुल कुल्चेर फुल्न पाएका छैन । रारा राष्ट्रय निकुञ्जको वेवास्थाका कारण जेठको महिना देखि रारा तालमा पशुचौपाए छाडा छोडिएका छन । जस्ले गर्दा रारा ताल वरपर फोहोर बढ्दै गहेको र दुर्गन्धित फैलिएको छ ।

हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ अनुसार निकुञ्ज भित्र चरिचनरको ब्यबस्था भएको भएपनी तालवरपर चरिचरन गर्ने ब्यबस्था भने छैन । तालवरपर छाडा चरिचरन गरीरहेका पशुबस्तु धेरै प्रयास गरेपनि कन्टोल गर्न सकिएको छैन । छाडा पशुवस्तु नियन्त्रणको लागि कान्जीहाउस भएको भएपनी थुनिएका पशु लिन कोहि नआउने भएकालेपनी यस्तो समस्या भएको हो । जथाभावी छोडिने पुशचौपायाका कारण रारा दुर्गन्धित बन्दै गएको छ । राराको सुन्र्दता बचाईराख्न्न छाडा पुशचौपाय व्यबस्थापन र ब्यबस्थित फोहोर फाल्ने डस्विनको आवश्यकता देखिन्छ । सरोकारवालले सोच्ने पर्ने बेला भएको छ ।

तपाईको प्रतिक्रिया