सुर्खेत । आधुनिक गायिका तथा लोक संगीतका प्राध्यापक शोभा तिवारीको जन्म दिनको अवसरमा छात्रवृत्ति वितरण तथा सांगीतिक कार्यक्रम २०८० आयोजना गरिएको छ ।
शोभा अर्जुन संगीत कोष काठमाडौंको आयोजना तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कर्णाली प्रदेश सुर्खेतको समन्वय र सहजिकरणमा प्रतिष्ठानको जिल्ला समितिले कार्यक्रम गरेको हो ।
कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका पूर्व अध्यक्ष यज्ञबहादुर गुरुङ्गले गरेका थिए । उक्त कार्यक्रममा तीन जना बादी बालबालिकालाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
युग संवाददाता । । १२ श्रावण २०८०, शुक्रबार १९:२४