दुर्गा विसी/सल्यान । सल्यान पश्चिमको लाइफलाइनका रुपमा लिइएको सदरमुकामदेखि पश्चिम सल्यान जोड्ने सडक लामो समयदेखि अलपत्र अवस्थामा छ । पर्यटनका हिसावले महत्वपूणर् मानिएको कुपिण्डे ताल जोड्ने सडकको स्तरोन्ती हुन नसक्दा अवस्था जिर्ण बनेको हो ।
सल्यान पश्चिम मात्रै नभएर सल्यानीहरुलाईहरु प्रदेश राजधानी जोड्ने सडकसमेत यहि हो । त्यति मात्रै नभएर सदरमुकामदेखि नेपालगञ्ज पुग्ने छोटो मार्ग भएको भएपनि स्तरोन्तीमा ध्यान नदिइदा नागरिकलाई सास्ती व्यहोर्नुपर्ने बाध्ययता रहेको छ । निर्माणको जिम्मा पाएको कम्पनीलाई कारवाहिको सट्टा पटक-पटक म्याद थप्दा नागरिकले सास्ती खेपिरहेका छन् । त्यही सडक खण्डको एक टुक्रा ज्यामिरे बावियाचौर सडक खण्डको वर्षे भेलमा गरेको कालोपत्रे एक हप्ता नपुग्दै उप्किएको छ ।
सल्यान खलंगादेखि ज्यामिरेसम्मको केही वर्ष अघि गरेको पिच केही भागमा सकिनै लागेका छन् । सो काम सडक डिभिजन कार्यालय दाङले हेरेको थियोे । बालुवासंग्रहीदेखि ढोरपिपल सम्मको करिव दुई किलोमिटर कालोपत्रेको काम सम्पन्न भइसकेको छ । कालोपत्रे सम्पन्न भए पनि सल्याप्प, सरिया, छड देखिन सुरु भएका छन् ।
ग्याल्वा (धुलिखेल जेभिले वालुवासँग्रही देखि ढोरपिपल सम्मको १८ किमि दुई करोड ६५ लाख र ढोरपिपल देखि वावियाचौरसम्मको ११ किमि सडक खण्डको पिचको काम करिव १८ करोड १८ लाखमा निर्माण कम्पनीलाई ठेक्का पाएको भौतिक पुर्बाधार कार्यालय सल्यानले जनाएको छ । दुई पटक म्याद थप भएपनि चार वर्षसम्म सडक निर्माण हुन सकेको छैन ।
उक्त कम्पनीलाई पुनः म्याद थप गर्न लागेको पुर्वाधार कार्यालय सल्यानका प्रमुख रुपक रावलले जानकारी दिए । पहिलो प्याकेजको काम सम्पन्न भएको छ । दोस्रो प्याकेजको म्याद सम्पन्न भए पश्चात् पुनः म्याद थप्ने प्रक्रियामा रहेको कार्यालयले जनाएको छ । सो सडकको गुणस्तरलाई लिएर नागरिकले चर्को आवज उठाएका थिए । गुणस्तरीय काम गर्न निर्माण कम्पनीका प्रोप्राइटर प्रमोद श्रेष्ठलाई दवाव वढेको थियो ।
युग संवाददाता । । ९ श्रावण २०८०, मंगलवार १५:२७