लम्पीस्किन नियन्त्रण गर्ने खास मोडालिटी चाहियो : कृषि मन्त्री शर्मा

सुर्खेत । कणरली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले लम्पीस्किन रोग नियन्त्रणका लागि खास मोडालिटी पेश गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार पशुपंक्षी विकास निर्देशनालयको आयोजनामा आइतबारदेखि सुरु भएको आर्थिक वर्ष २०७९/०८० मा कणरलीका १० वटै जिल्लाका पशु अस्पताल तथा पशु सेवा कार्यालयको प्रगति सार्वजनिक गोष्ठिमा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

‘लम्किस्किन यसरी बढिरहेको छ, हामीले नियन्त्रणमा काम गररहेका छौं भनेर भनेकै छौं’, मन्त्री शर्माले भने, ‘तर नियन्त्रणको साटो झन् बढिरहेको छ । यस्तो किन भइरहेको छ रु हाम्रो क्षमता र जनशक्तिले नसकेको हो कि रु अन्य कुनै कारण छन् रु तपाईहरुले मलाई यसको लिखित जवाफ यथासिघ्र पेश गर्नुस् सोही अनुसार मन्त्रालय अगाडि बढ्छ ।’ महामारी नियन्त्रणका लागि भएका प्रयासहरुलाई थप प्रभावकारी ढङ्गले अगाडि बढाउन निर्देशन दिदैं मन्त्री शर्माले आवश्यक जनशक्ति र वजेटको व्यवस्थापन मन्त्रालयले गर्ने बताए ।

जिल्लास्थित कार्यालयका प्रमुखहरुहरुले कार्यालयबाट भए गरेका वार्षिक गतिविधि तथा कार्यक्रम र प्रगति विवरण सार्वजनिक गरेका थिए । उनीहरूले जिल्लामा कर्मचारी अभावले सेवा प्रवाहमा समस्या भएको, मन्त्रालयबाट संशोधित कार्यक्रम समयमा प्राप्त नहुनु, सरकारका तीनै तहसँग सहकार्य र समन्वय गरी प्रभावकारी कार्यक्रम गर्न समयको अभाव हुनु लगायतका थुप्रै गुनासा राखेका थिए ।

लम्पीस्किनबाट ८ हजार बढी पशुको मृत्यु

असार ३१ गतेसम्ममा कणरलीका १० जिल्लाका गरी करिब ८ हजार बढी पशुको लम्पिस्किन रोगबाट मृत्यु भएको छ । पशुपन्छी विकास निर्देशनालयका निर्देशक निर्देशनालयका निर्देशक कृष्णप्रसाद पङ्गेनीले अनुसार कणरलीका १० जिल्लामा आठ हजार सात सय ६३ पशुको मृत्यु भएको छ । जसमा सबैभन्दा बढी जाजरकोटमा दुई हजार सात सय ७२ र जुम्लामा २७ पशुको मृत्यु भएको छ ।

यस्तै हुम्लामा एक हजार ६ सय ८३, डोल्पामा तीन सय ७४, मुगुमा एक सय २१, कालिकोटमा सात सय ८५, दैलेखमा पाँच सय १२, सुर्खेतमा एक हजार ३०, सल्यानमा एक हजार २० र रुकुम पश्चिममा चार सय ६९ पशुको मृत्यु भएको निर्देशनालयले जनाएको छ । यस्तै, कणरलीमा उक्त रोगबाट दुई लाख १७ हजार एक सय ३५ पशु सङ्क्रमित भएका छन् । यसमध्ये एक लाख ३७ हजार ६ सय ९४ पशुको उपचार गरिएको र १२ हजार चार सय ४३ पशुलाई खोप लगाइएको निर्देशक पङ्गेनीले बताए ।

तपाईको प्रतिक्रिया