सुर्खेती चेली नन्दालाई कोरियामा स्वर्ण

सुर्खेत । कोरियामा सम्पन्न विश्व स्योङ्नाम हान्मादाङ अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सुर्खेतकी नन्दा बस्यालले स्वर्ण जितेकी छिन् । राष्ट्रिय खेलकुद परिषद् राखेपकी कार्यकारी बोर्ड सदस्य समेत रहेकी नन्दाले फाइनलमा इरानलाई हराउँदै स्वर्ण जितेकी हुन् ।

नन्दाले साइड ब्याककिक ब्रेकिङ विधाको सिनियर मास्टरमा पहिलो स्थान हात पारेकी हुन् । ५७ वटा राष्ट्र सहभागी प्रतियोगितामा नेपालबाट नन्दा सहितका खेलाडी सहभागी छन् ।
खेलकुदको कार्यकारी निकायमा बसेर काम गरिरहेकी नन्दाले सक्रिय खेल जिवनलाई समेत निरन्तरता दिदै आएकी छिन् ।

तपाईको प्रतिक्रिया