बाफिकोट गाउँपालिकाका दुई वडाले मोटरसाइकल नलिने

प्रचण्ड खत्री/रुकुम पशिम । रुकुम पशिमको बाफिकोट गाउँपालिकाका दुई वटा वडाले गाउपालिकाले दिएको मोटरसाईकल नलिने भएका छन् । नबौँ गाउँ सभाबाट गाउँपालिकाले १० वटा मोटरसाईकल, दुई स्कुटी र एक गाडी खरिद गर्ने निर्णय गरेको थियो । गाउँसभा बाट पास भएका मोटरसाईकल वडा नम्बर ३ र वडा नम्बर १० ले नलिने घोषणा गरेका हुन ।

सामाजिक संजाल फेसबुकमा सूचना जारी गर्दै १० नम्बर वडा अध्यक्ष हरि चन्दले आफुले गाउँपालिका बाट बाईक नलिने घोषणा गरेका छन् । त्यस्तै ३ नम्बर वडा अध्यक्ष तिलबिर केसीले पनि मोटरसाईल नलिने घोषणा गरेका छन् । मोटरसाईकल किन्ने पैसा वडा कार्यलयको हकहितका निम्ति खर्च गरिने बताएको छ ।

तपाईको प्रतिक्रिया