सुर्खेत । कर्णाली प्रदेश प्रहरीले कर्णालीका तीन लाख ७१ हजार घरधुरीमा आफ्नो विवरण खुल्ने स्टिकर टाँस गर्ने अभियानको थालनी गरेको छ ।
सुरक्षित कर्णाली विशेष अभियान २०८० को कार्ययोजना अनुसार प्रहरीले प्रदेशका सबै नागरिकहरुलाई प्रहरी सेवामा सहज पहुँच पु¥याउन प्रत्येक घरधुरीमा नजिकका प्रहरी कार्यालयको विवरणसहितको स्टिकर टाँस्ने अभियान थालनी भएको हो ।
आइतबार नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ बाट अभियानको शुभारम्भ गरेका हुन् ।
प्रदेशको जुनसुकै क्षेत्र वा भुगोलमा बसिरहेका नागरिकहरुले कुनै शंकास्पद चिजवस्तुहरु पाएमा, देखेमा वा आफु असुरक्षित भएको महशुस गरेमा नजिकको प्रहरीसम्म तत्काल खबर दिन वा लिनको लागि अन्य व्यक्तिको सहारा लिन नपरोस भन्ने हेतुले अभियान थालनी गरिएको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानीरीक्षक भिमप्रसाद शर्माले बताए ।
अभियानले नागरिकको सूचना बमोजिम नजिकको प्रहरी छिटोभन्दा छिटो घरघरमा पुगी आवश्यक सुरक्षा प्रदान गर्दै अपराधिक गतिविधि निरुत्साहित गरी नागरिकलाई नजिकबाट सेवा दिन सकियोस् भन्ने उद्देश्य राखेको प्रमुख शर्माको भनाई छ ।
कतिपय नागरिकलाई प्रहरीको फोन नम्बर थाहा नहुँदा जानकारी दिन नसक्ने र ढिलो खबर गर्ने बाध्ययताको कारण अपराधी भाग्ने तथा नागरिकलाई सुरक्षाको अुनभुति हुन नसकेको अवस्थालाई मध्यनज् गर्दै कर्णालीका १० वटै जिल्लाहरुमा प्रहरीको फोन नम्वर भएको स्टिकर घरको मुल ढोकामा टाँस गरिने उनको भनाई छ । जसका लागि झण्डै तीन हजार बढी प्रहरी परिचालित हुनेछन् ।
अभियानले प्रहरी र नागरिक बिचको सम्बन्ध सुमधुर बनाउन सहयोग हुने बताइएको छ ।
युग संवाददाता । । ३१ असार २०८०, आईतवार ११:५७