सुर्खेत । सिद्धान्तको धरातल नमिलेकाहरुबाट देशको समृद्धि सम्भव नरहेको नेकपा एमालेका उपमहासचिव प्रदिव ज्ञवालीले बताएका छन् । एमाले स्कुल विभाग प्रमुखसमेत रहेका ज्ञवालीले वर्तमान सरकारमा सामेल रहेका दलहहरुलाई लक्षित गर्दै सरकार बडो अजिवको रहेको बताए । नेकपा माओवादी, नेपाली कांग्रेस र मधेसवादी दलहरुको सत्ता केन्द्रित सिद्धान्तले देश कहिल्यै उभो नलाग्ने दावी ज्ञवालीको थियो ।
नेकपा एमाले स्कुल विभाग कर्णाली प्रदेशले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षक–प्रशिक्षण कार्याक्रममा बोल्दै बुधबार ज्ञवालीले गठबन्धनको सिद्धान्त भनेकै ‘मिलिजुली बस्यौँ, बाँढीचुढी खायौँ’ भन्ने रहेको दावी गरे ।
वर्तमान नयाँ शक्ति भन्ने गरिएका दलहरु प्रति लक्षित गर्दै जे भन्दा बढी पपुलर भइन्छ भन्नेतर्फ होडबाजीले ढुङ्गा हानेर जहाँ खस्यो हो, त्यहीँ मैले हान्न खाजेको भन्ने खालको प्रवृत्ति मौलाएको बताए ।
मिसन ग्रासरुटले एमालेको खास धरातल चित्रण गरेको उल्लेख गर्दै पार्टीलाई थप मजबुद बनाउन एमालेले कुनै पनि रणनीति बाँकी नराख्ने बताए । प्रदेशस्तरीय प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा ३१ असारसम्म चल्ने बताइएको छ ।
युग संवाददाता । । २७ असार २०८०, बुधबार १७:१३