दुर्गा विसी/सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या ह्वात्तै घटेको छ । विद्यार्थी संख्या अत्यन्तै न्यून भएका केही विद्यालयहरुले भर्ना अभिलेखमा विद्यार्थी इन्ट्री गरेता पनि अझै आधा विद्यार्थी हराएको देखिन्छ । अर्को तर्फ उमेर नपुग्दै वालविकासमा विद्यार्थी भर्ना गरेको समेत देखिन्छ ।
नगरको उच्च भुभागमा वसाइसराइले विद्यार्थी घटिरहेका छन् । घट्दो जन्म दर, रोजगारको शिलशिलामा भारत पलायन, सुविधा खोज्दै सडक छेउछाउ बस्ति स्थानान्तरणले त्यस क्षेत्रका विद्यालयहरु संकटमा पर्ने निश्चित प्राया देखिन्छ । सामुदायिक विद्यालयहरुले इज्जत जोगाउनका लागि भर्ना इन्ट्री गर्दा थपथापसमेत गरेको भेटिन्छ । भर्ना इन्ट्री अनुसार विद्यार्थी कक्षा कोठामा कमै उपस्थित भएको पाइन्छ । निजि तर्फ सबैभन्दा वढि विद्यार्थी चाप कृष्ण बोर्डिङ स्कुलमा देखिन्छ भने सरकारी तर्फ मावि च्युरामा विद्यार्थीको चाप देखिन्छ ।
एकीकृत शैक्षिक व्यवस्थापन सुचना प्रणालीको आवधिक तथ्यांकलाई हेर्न हो भने यस नगरपालिकामा तत्काल विद्यालय मर्जको आवश्यकता देखिन्छ । सात जना देखि १६ जना विद्यार्थी हुने विद्यालयमा पूर्ण दरवन्दी देखिन्छ । प्रावि स्तरमै धेरै विद्यार्थी हुने ठाउँमा समेत वर्षाेदेखि एक जना शिक्षकले विद्यालय धानिरहेका छन् ।
विद्यार्थी संख्या अत्यन्तै न्यून भएका विद्यालयहरुको इमिस इन्ट्रीलाई अझै आधिकाअरिक तथ्यांक मान्न सकिदैन । किनकि भर्ना भए पढ्न अन्त गए यसले अझै ती स्कुलमा विद्यार्थी दर घट्को सहजै अनुमान लगाउन सकिन्छ । २०७९ मा संस्थागत र सामुदायिक विद्यालयहरुको भर्ना संख्या १० हजार चार सय ६६ थियोे भने शैक्षिक सत्र २०८० मा आठ हजार सात सय ९१ विद्यार्थी भर्ना भएको तथ्यांकमा देखिन्छ ।
कक्षा ११ मा भर्ना नदेखिएकोले एसइइ नतिजालाई मध्येनजर गरि संख्या जोड्दा नौ हजार दुई सय ९१ संख्या देखिन्छ । गत वर्षको तुलनामा यो वर्ष ११ सय ७५ विद्यार्थी घटेको देखिन्छ । ११ सय ७५ विद्यार्थी कहाँ पुगे ? कहाँ हराए यो सोधिखोजिको विषय भएको मावि च्युराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली विकको भनाइ छ ।
सरोकारवाला निकायहरु अलि गम्भीरतापूर्वक लाग्नुपर्नेमा उनको जोड छ । सरकारी विद्यालयमा पढाइ राम्रो नहुनु, अभिभावकको चासो नहुनु, शिक्षकहरुको लापरवाही आदि कारण जोडिएर पनि यसलाई सरकारी उदासिनता कै रुप लिन सकिने अध्यक्ष विक बताउँछन् । हाल बनगाडमा न्यून विद्यार्थी रहेका विद्यालयहरु बाल सरस्वती प्रावि पाखापानि, वाललिला प्रावि देउली, गंगा प्रावि नाम्रा, गंगा प्रावि अम्रा, भैरवी प्रावि डुडाखोला, काफलगैरी प्रावी सेरा, लक्ष्मी प्रावि मैनेनि, शैक्षिक जनचेतना प्रावि माल्पे, धुर्ब्र तारा प्रावि च्युरा, निमावि सञ्चालन रहेका भैरवी निमावि वेलखोला, लाहाघाटमा समेत विद्यार्थी संख्या न्यून देखिन्छ ।
भर्ना भएता पनि ती विद्यालयहरुमा पढ्न आउनेको संख्या मुस्किलले १२ नाघेको देखिन । नगरको शिक्षामा आमुल परिवर्तन ल्याउनका लागि तत्काल दरवन्दी मिलान र विद्यालय मर्जको आवश्यकता देखिएको सरोकारवाहरु बताउँछन् । कतै शुन्य दरवन्दीमा विद्यालय सञ्चालन छन्, भने कतै एक देखि पाँच सम्म एक शिक्षकले विद्यालय धानिरहेका छन् ।
युग संवाददाता । । २७ असार २०८०, बुधबार १६:०८