मुगुका दुई सुत्केरीको हेलिबाट उद्दार

सुर्खेत । मुगुमा सोमबार एकै दिन हेलिकप्टरमार्फत दुईजना सुत्केरी महिलाको उद्दार गरिएको छ । छायाँनाथ रारा नगरपालिका–२ कि कल्पना बुढा र वडा नम्बर १० कि अमृता बुढाको हेलिकप्टरबाट उद्दार गरिएको हो ।

सुत्केरी महिला र बच्चाको ज्यान जोखिममा रहेका उनीहरुको जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्दार गरी प्रदेश अस्पताल सुर्खेतमा पठाइएको जिल्ला अस्पताल मुगुका प्रमुख डा. कमल ढुंगानाले बताए ।

उद्दार कार्यक्रम अन्तर्गत नेपाली सेनाको पश्चिम एयरवेश सुर्खेतले कर्णाली, सुदुरपश्चिम र लुम्बिनीका दुर्गम क्षेत्रहरुमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्दार गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया